२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

देउवालाई हराएरै छाड्छु भनेका सागर ढकाल डडेलधुरामा झनै कडा बनेर निस्किए !

साउन १६, काठमाडौं : इन्जीनियर सागर ढकाल प्रधानमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सभापती शेर बहादुर देउवालाई हराउन भन्दै डडेलधुरा पुगेका छन् ।

देउवा ज्योतिषमा खुब विश्वास गर्छन् यहाँसम्म कि देउवाले चुनावको मिति घोषणा समेत ज्योतिषलाई देखाएर गर्ने तयारी गरेको बाहिरिएको छ ।

जसरी भए पनि देउवा हजुबुवा हराउ अभियान लिए डडेल्धुरा पुगेका ढकाल पनि डडेल्धुरा पुगेपछि देउवा भन्दा झन् कडा बनेर निस्किएका छन् । अहिले ढकाल सुदुरपश्चिमको डडेलधुरा जिल्लामा छन् ।

काग्रेसका सभापति तथा प्रधानमन्त्री देउवासंग प्रतिनिधि सभाको चुनाव लड्ने गरी गएका हुन् । ५ वर्ष अगाडी देउवाले साझॉं सवाल कार्यक्रममा प्रश्न सोधेकै आधारमा इन्जीनियर सागरलाई चर्को स्वरमा हकारेका थिए ।

उनै ढकाल देउवा भन्दा चर्को धार्मिक बनेर निस्किएका छन् । ढकालले डडेल्धुरामा देउवालाई हराउने शक्ति मिलोस् भन्दै पूजाआजा गरेका छन् । उनले पूजा गरिरहेको भिडियो समेत बाहिरिएको छ ।

५ वर्षपछी लगातार चुनाव जित्दै आउनु भएका काग्रेस नेता देउवालाई हराउन विशेष शक्ति मिलोस भनेर माता उग्रतारा मन्दिरमा आज चन्डी पुजा गरेका छन् । यो पुजा गरेपछी जित पक्का हुनुपर्छ भन्ने मान्यता सागर समुहको रहेको छ ।

देशमा लगातार जनप्रतिनिधि हुदै नेपालको प्रमुख हुदासम्म देशले काचुली फेर्न नसकेको गुनासो युवा ढकालको जोड रहेको छ ।देशभरबाट युवाहरु चुनावमा उठ्ने बताउदै आएका छन् ।

इन्जीनियर सागर ढकाल फुलचोक क्याम्पस हुदै अक्सफोर्ड कलेज सम्म पुग्ने एक बौद्धिक युवा हुन् । पछिल्लो समय यक्ष प्रश्नमा आफ्नो प्रितक्रिया राखेपछी उनको चर्चा झनै व्यापक भएको छ ।

२०७९ श्रावण १६, सोमबार प्रकाशित 0 Minutes 257 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।