
साउन १६, काठमाडौ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद गंगा चौधरीले नेपाली काग्रेसका महामन्त्री एवं प्रतिनिधीसभाका सदस्य गगन थापालाई मुख भरिको जवाफ दिएकी छिन् ।
एमसीसी पास गर्ने बेलामा गगन थापाले संसदको रोस्टमबाट बोलेको कुरा स्मरण गराउँदै एमाले सांसद चौधरीले अमेरिकी सेना आयो भने चार’पाटा मुडेर थानकोट कटाउँनु भनेको होइन ? खोइत चार’पाटा मु’डेको भन्दै थापालाई प्रश्न गरेकी छिन् ।
एमसीसी पछि एसपीपी आएको भन्दै चौधरीले अब अमेरिकी सेना आउँने भनेकी छिन् । अहिले पनि प्रधानमन्त्री शेरबहादुर देउवा र गठ’बन्धनका नेताहरु एसपीपी सम्झौता गरेरै छोड्ने दाउमा रहेको भन्दै उनले नेपाल ग-म्भिर ढंगले भूराजनितीक भूम’रीमा पर्न लागेको बताएकी छिन् ।
अमेरिकी सेना आउँदै छ गगन थापा कता गएका छन् ?भन्दै चौधरीले चारपाटा मु’डिदिने मान्छे नपाएर बसको हो भने आउँनुस् मै मु’डिदिन्छु भनेकी छिन् ।
गगन थापाले चार¥पाटा मुड्ने मान्छे नपाएको हो भने म गंगा चौधरी जिन्दावाद छु मै मुडिदिन्छु । उनले भनेकी छिन् ।
अहिले गठबन्धनमा रहेका काग्रेस, माओवादी केन्द्र लगायतका पार्टीका नेताका लागी आफ्नो देश भन्दा कुर्सी प्यारो
देखिएको भन्दै चौधरीले देउवा र प्रचण्डहरुको अनुहारमा लेण्डुप दोर्जेको अनुहार आफुले देखिरहेको बताइन् । नेपाललाई घेरा हाल्न चारै तिरबाट प्रयास भइरहेको भन्दै चौधरीले एकातिरबाट इण्डियाको डिजाइनमा यो देशनै सक्ने गरि नागरिकता
विद्ययेक आएको र अर्को तिरबाट अमेरिकाले एमसीसी र एसपीपी ल्याएर नेपाललाई बर्वाद पार्न लागेको भन्दै उनले देशकै भविश्यको चिन्ता गुर्न पर्ने अवस्था आएको बताएकी छन् ।
देशको हालत सम्झेर आफुलाई निन्द्रानै पर्न छोडेको भन्दै चौधरीले यस्तो अवस्थामा पनि ठूला नेता भनाउँदाहरु देशको चिन्ता नगरेर कुुर्सीकै चिन्ता गरिरहेको बताइन् । प्रधानमन्त्री पाए देशनै बेच्न पनि तयार नेताहरु भए पछि यो देश कसरी बन्छ ? भन्दै उनले प्रश्न गरेकी छिन् ।
केहि दिन अघि इण्डिया गएर फर्किएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड मालिकलाई जदौ मालिक मेरो गठबन्धन जोगाइदेउ , मलाई प्रधानमन्त्री बनाइदेउ भन्न इण्डिया पुगेको अरोप उनले लगाइन ।
प्रचण्ड इण्डि’याबाट फर्र्किए लगत्तै नागरिकता विद्ययेक पारित भएको स्मरण गराउँदै चौधरीले प्रचण्ड त लेण्डुप दोर्जेनै भएको बताइन् । गठबन्धन बचाइदेउ, मलाई प्रधानमन्त्री बनाइदेउ म नागरिकता विद्ययेक पास गर्छु भनेर प्रचण्ड फर्किएको घटनाक्रमले देखाएको उनले बताइन् ।