२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

“राष्ट्रपति ज्यू एक पटक मदन भण्डारीलाई सम्झेर नागरिकता विद्ययेक रोकिदिनुस्”

साउन १८, काठमाडौ : सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको नागरिकता विद्ययेक प्रतिनिधीसभा र राष्ट्रिय सभाबाट बहुमतले पारित भएको छ ।

अझै पनि यो विद्ययेकलाई कसरी रोक्न सकिन्छ भनेर ठूलो तप्काले उपायको खोजि गरिरहेको छ। प्रतिनिधीसभा र राष्ट्रिय सभाबाट पारित भएको विद्ययेकलाई सभामुख अग्नी प्रसाद सापकोटाले प्रमाणिकण गरेका छन् ।

अब उक्त विद्ययेक लालमोहर लगाउँनका लागी राष्ट्रपति समक्ष पुग्ने छ । राष्ट्रपतीले प्रमाणिकरण गरे पछि विद्ययेक लागु हुन्छ र यो विद्ययेकको आधारमा धेरैले नागरिकता प्राप्त गर्ने छन् ।
राष्ट्रिय सभाबाट विद्ययेक फिर्ता पठाउँन सकिने भन्दै

अभियान चले पनि प्रतिनिधीसभा जस्तै राष्ट्रिय सभाबाट सजिलैसँग विद्ययेक पास भएर प्रमाणिकरणका लागी राष्ट्रपति समक्ष जाँदै छ । राष्ट्रपतिले विद्ययेकलाई रोक्नु पर्ने भन्दै लामो समय देखी नागरिकताका सन्दर्भमा अभियान चलाइरहेकाहरुले बताइरहेका छन् ।

अब राष्ट्रपति विद्यादेवी भण्डारीले सिधै यो विद्ययेकलाई लालमोहर लगाउँछिन् या पुनर्विचारका लागी पुन प्रतिनिधिसभामा फिर्ता पठाउँछिन् या अहिले चर्चामा रहेको सर्वोच्च अदालतको रायका लागी पठाउँछिन् भनेर सबैको चासो शितल निवास तिर सोझिएको छ ।

विद्ययेकमा समावेश भएका कतिपय प्रावधानहरु राष्ट्रघाती भएको भन्दै राष्ट्रकै भविश्यको बारेमा गम्भिर प्रश्न उठ्ने विवादास्पद विद्ययेकलाई राष्ट्रपतिले सिधै लालमोहर लगाउँन नहुने भन्नेहरु धेरै भेटिएका छन् । विभिन्न राजनितीक पार्टीका नेता देखी अभियान्ता सम्मले पनि विद्ययेक प्रमाणिकरण नगर्न राष्ट्रपतिलाई अनुरोध गरिरहेका छन् ।

यसै विच नेशनल पिपुल्स पार्टीका प्रवक्ता हेम विक्रम सिलवालले यो विद्ययेक प्रमाणिकरण नगरि फिर्ता पठाउँन राष्ट्रपति विद्यादेवी भण्डारीलाई विशेष अनुरोध गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका

अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड इण्डियाको मतियार भएर यस्तो विद्ययेक ल्याएको भन्दै सिलवालले यसलाई राष्ट्रपतिले रोक्नु पर्ने बताएका छन् ।

१० बर्ष भित्र नेपाललाई फिजी बनाउँने उदेश्य सहित यस्तो विद्ययेक आएको भन्दै सिलवालले यस भित्र इण्डियाको ठूलो स्वार्थ लुकेको बताए । यो विद्ययेक जस्ताको तस्तै लागु भएमा वंशज नेपालीहरु अल्पमतमा पर्ने र विदेशीहरुको बहुमत भएर नेपाललाई फिजीको हालत बनाइने दाबी उनले गरेका छन् ।

ओटिभी नेपाल डटकमसँग कुराकानी गर्र्दै सिलवालले राष्ट्रपतिले चाहेमा यो विद्ययेक रोकिन सक्ने भन्दै देशलाई सम्झीएर राष्ट्रपतिले विद्ययेक रोक्ने हिम्मत गर्नु पर्ने बताए । राष्ट्रपति भण्डारीलाई सिलवालले आफ्नै स्वर्गिय पति मदन भण्डारीलाई एक पटक सम्झिएर विद्ययेक रोकिदिन अनुरोध गरेका छन् ।

नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी अत्यन्तै राष्ट्रवादी व्यक्ती रहेको भन्दै सिलवालले एक पटक मदनलाई सम्झीएर भए पनि यो विद्ययेक रोकिदिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई विशेष अनुरोध गरेका छन् । यो विद्ययेकको हरेक देशभक्त नेपालीले विरो-ध गर्नु पर्ने पनि उनले बताएका छन् ।

२०७९ श्रावण १८, बुधबार प्रकाशित 1 Minute 237 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।