२०७९ भाद्र १ बुधबार
  • काठमाडौँ

कलाकारिता मै फर्किने तयारीमा धुर्मुस, भन्छन्- नयाँ क्यारेक्टरमा आउनेछु ।

साउन १६, काठमाडौं : फिल्म ‘सेन्टीभाइरस’ रिलिजसम्म धुर्मुस नामले चर्चित अभिनेता सीताराम कट्टेलको कलाकारिताको गति एकनासले अघि बढिरहेको थियो ।

जब भक्तपुरमा अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन उनले हात हाले उनको यो गति कतै अलमलियो । अब भने सीताराम रंगशाला बनाउने जिम्मा सरकारलाई सुम्पिएर फिल्म र टेलिश्रृंखला बनाउने काममा फर्किने तयारीमा छन् ।

यसै महिना क्रिकेट रंगशालाको विषय टुंगिने र कलाकारितामा अघि बढ्ने आफ्नो तयारी रहेको धुर्मुसले बताए । रंगशालाको विषय टुंगिएपछि सिर्जनासँग काम गर्न वातावरण पनि चाहिन्छ । यसकै प्रतीक्षामा छु । उनले भने ।

धुर्मुस केही क्यारेक्टरमा काम गरिरहेका छन् र तीमार्फत कमब्याक गर्न चाहन्छन् । उनी टेलिसिरियलमा फर्किने तयारीमा छन् । यसका लागि उनले धुर्मुसभन्दा भिन्न पात्रमा काम गरिरहेका छन् ।

केही क्यारेक्टर बनाउँदै आएको छु । हामीले तयार गरिरहेका छौं र सार्वजनिक गर्छौं । मैले केही सर्ट फिल्ममा नयाँ पात्रमा काम गर्र्दैछु । अब बन्नेमा बिल्कुल फरक खालको क्यारेक्टर गर्छु, उनले भने, अब हरेकमा फरक टेस्ट दिने प्रयास गर्छु ।

अब गर्ने कलाकारिताकै चीज गर्ने हो । धेरै चीज गर्न बाँकी थिए, बीचमा अधुरै भए । बनाएका चीजमा पनि टाइम दिन पाइएन । समयले पनि सबैतिर परिबन्दमा परियो, सीताराम भन्छन् ।

कमर्सियल हिसाबमा फिल्म नै गर्ने कि टेलिफिल्ममा फर्कनेबारे मनस्थिति बनाउँदैछु, उनले भने, चाँडै यसबारे औपचारिक जानकारी दिनेछौं । सीतारामले निर्माण गरेको फिल्म सेन्टीभा|इरस सन् २०२० मा रिलिज भएको थियो । त्यसलगत्तै कोरो’ना महामा’री सुरु भएको थियो ।

२०७९ श्रावण १६, सोमबार प्रकाशित 1 Minute 174 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार