२०८० जेष्ठ २२ सोमबार
  • काठमाडौँ

धरानका मेयर साम्पाङलाई आकस्मिक मन्त्रालय बोलाइयो, कारण यस्तो !

साउन १६, काठमाडौँ : शहरी विकास मन्त्री मेटमणि चौधरीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई मन्त्रालय आउन निम्तो दिएका छन् ।

साम्पाङबाट नेपाली समाजले मात्र नभएर अन्य समाजले पनि सिक्नुपर्ने भन्दै साम्पाङको खुलेरै प्रशंसा गर्दै खानेपानीको विषयमा कुरा गर्न मन्त्रालयमा आउन निम्तो दिएका हुन् ।

साम्पाङको खुलेरै प्रसंसा गरेका मन्त्री चौधरीले थप्दै भने, मेयर साबले सुरु गर्नुभएका सबै योजनामा पुरै सहयोग गर्नेछु त्यसैले विविध कुरामा छलफल गर्नु पर्ने आवश्यकता रहेकाले मन्त्रालयमै आउन अनुरोध समेत गरे।

शहरी विकास मन्त्रीको स्वागतमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, उहाँले जसरी यो नगरमा विजय प्राप्त गर्नुभएको छ । त्यसमा उहाँको सबैभन्दा बढी इनोसेन्ट र कमिटमेन्ट पाउँछु ।

मान्छेहरु राम्रो गर्छु भन्दा उडाउँछन् । हाँसोको विषय बनाउछन् । तर मलाई लाग्छ, गर्छु भनेपछि सकिन्छ पनि । मन्त्रीको कुरा सुनेपछि साम्पाङले‘म कहिले आउँ त मन्त्रीज्यू

भन्दै हाँस्दै प्रश्न समेत गरे । मन्त्री चौधरीले पनि छिट्टै आउन आग्रह गरे । धरानमा रहेको खानेपानी र बसपार्कको समस्या हल गर्न पहल गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे ।

२०७९ श्रावण १५, आईतवार प्रकाशित 0 Minutes 564 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।