
साउन १६, काठमाडौं : वैदेशिक रोजगारीमा पठाउने कुनैपनि म्यानपावर कम्पनीले श्रमिक छनोट गर्दा राष्ट्रिय स्तरका दैनिक पत्रिकामार्फत विज्ञापन गर्नुपर्ने नियम छ।
वैदेशिक रोजगार ऐन–२०६४ अनुसार श्रमिक माग भएको देश, काम, तलब, सेवासुविधाको विवरण तथा छनोट प्रक्रियाको किसिम स्पष्टसँग उल्लेख गरेर विज्ञापन गर्नुपर्ने हुन्छ।
वैदेशिक रोजगार विभागबाट पूर्व स्वीकृति लिएसँगै ‘क’ वर्गको राष्ट्रिय पत्रिकाबाट विज्ञापन प्रकाशन गर्नुपर्ने सरकारी नियम छ।
तर, ठ-गी गर्ने उद्धेश्यले श्रमिक छनोट प्रक्रियामा म्यानपावर कम्पनीले विज्ञापन नै प्रकाशन नगर्ने तथ्य सार्वजानिक भएको छ।
नियामक निकाय वैदेशिक रोजगार विभागले गरेको अनुगमनमा धेरै म्यानपावर कम्पनीले विज्ञापन नै नगरी ‘अ-वैध’ रुपले श्रमिक भर्ना गरेको पाइएको हो।
वैदेशिक रोजगार विभागका प्रवक्ता एवम् निर्देशक डम्बर सुनुवारका अनुसार एउटै कम्पनीले ५ पटकसम्म यसरी गै-रकानूनी तरवरले श्रमिक छनोट गरेको देखिन्छ।
नियमअनुसार म्यानपावर कम्पनीले विज्ञापन प्रकाशनका लागि विभागबाट स्वीकृति लिनुर्पछ। तर, स्वीकृति लिएका १ सय ४८ म्यानपावरले विज्ञापन नै प्रकाशन नगरेको विभागले गरेको अनुगमनमा देखिएको छ।
श्रमिक छनोट प्रक्रियामा विज्ञापन नगरिएको भन्ने गुनासो आएपछि विभागले पहिलो पटक २ दिनसम्म अनुसन्धान गरेको थियो।
३ र ४ साउनमा विभागका अधिकारीले गरेको अनुगमनमा मात्रै १ सय ४८ म्यानपावर कम्पनीले गैर-कानूनी ढंगले श्रमिक छनोट गरेको भेटिएको देखिन्छ।