
साउन १६, काठमाडौ : धरान खानेपानी व्यवस्थापन बोर्डलाई पारदर्शी बनाउने प्रतिवद्धता अनुसार बोर्डका अध्यक्षसमेत रहेका मेयर हर्कराज साम्पाङ (राई)ले गत आर्थिक वर्षको आयव्यय सार्वजनिक गरेका छन्।
शुक्रबार बोर्डको कार्यालयमा पत्रकार सम्मेलन गर्दे साम्पाङले अब हरेक ४ महिनामा हिसाब सार्वजनिक गर्ने पनि जानकारी दिएका छन्। गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा साम्पाङले सुशासन र पारदर्शिताको कुरालाई प्रमुखताका साथ
चुनावी एजेण्डा बनाएका थिए। सुशासन र पारदर्शिता हुनुपर्छ भन्ने मेरो मान्यता छ। यसको लागि नै हो, अहिले मैले बोर्डको हिसाबकिताब सार्वजनिक गर्दैछु,उनले भने,म ४ महिनाको अन्तरालमा यसरी नै हिसाब सार्वजनिक गर्नेछु।
बोर्डमा गत आर्थिक बर्षमा बोर्डमा अघिल्लो बर्षको नगद मौज्दातसहित १५ करोड ४ लाख ५६ हजार ६ २२ रुपैयाँ आय भएको साम्पाङले जानकारी दिएका छन्।
बोर्डलाई धारा जडान शुल्कवापत १ करोड ८२ लाख ३७ हजार ५५३ रुपैयाँ गत आर्थिक बर्षको असार मसान्तसम्म प्राप्त भएको छ भने खानेपानी महशुलवापत १२ करोड १७ लाख ८६ हजार ४०७ रुपैयाँ प्राप्त भएको छ।
यस्तै, कवाडी सामान बिक्री वापत ४ लाख ८४ हजार ६७८, पाइपलाइन र ट्यांकी कम्पाउण्ड क्षतिपूर्तिवापत ३ लाख ३१ हजार ८ सय आम्दानी भएको छ भने गत बर्षको पेश्की फिर्तावापत ७१८० रुपैयाँ पनि प्राप्त भएको छ।
यसैगरि, अघिल्लो आर्थिक वर्षको नगद मौज्दात ९६ लाख ८ हजार ९९५ रुपैया पनि आयमा बाँधिएको साम्पाङले जानकारी दिएका छन्।
यस्तै, खर्चतर्फ १२ करोड ४७ लाख २३ हजार ८८४ रुपैयाँ देखिएको छ। तलब तथा पारिश्रमिकमा ३ करोड ७२ लाख ४३० रुपैयाँ खर्च गरेको बोर्डले भत्ता तथा अन्य सुविधा (महंगी भत्ता)मा ५१ लाख ३४ हजार ८०१ रुपैया खर्च गरेको जनाएको छ।
पोशाक भत्तामा ९ लाख ३० हजार, नगरपालिकालाई फिर्ता गर्दा १ करोड ४ लाख रुपैयाँ खर्च गरेको छ भने विजुली महशुलमा २ करोड १७ लाख ५६ हजार ६०३ रुपैया खर्च गरेको पनि मेयर साम्पाङले जानकारी दिएका छन्। यसैगरि, पुँजीगत सुधार खर्चमा १ करोड ९९ लाख ३० हजार २०४ रुपैयाँ पनि खर्च भएको बोर्डले जानकारी दिएको छ।
हाल बोर्डको राष्ट्रिय वाणिज्य बैंकमा ३ लाख ४३ हजार ४५१ रुपैयाँ नगद मौज्दात रहेको छ भने माछापुच्छे बैंकमा २ करोड २२ लाख ९७ हजार ८८६ रुपैयाँ नगद मौज्दात रहेको पनि मेयर साम्पाङले जानकारी दिएका छन्।
विरोध तथा विवादको बीचमा खानेपानी संस्थानको धरान शाखा कार्यालयलाई बोर्डमा हस्तान्तरण गरिएको थियो। संस्थानलाई बोर्डमा गाभ्न हुदैन भनेर आन्दोलन गर्ने प्रमुख आन्दोलनकारीमा मेयर साम्पाङ पनि थिए।
अहिले उनी मेयरमा निवार्चित भएपछि आफै बोर्डको अध्यक्ष पनि छन्। एसियाली विकास बैंक (एडिबि)को ऋ-ण लिनु हुदैन भनेर आन्दोलन गरेका मेयर साम्पाङलाई अहिले भने ऋ-ण तिर्नुपर्ने बाध्य’ताको जिम्मेवारीमा छन्।
एडिबिबाट लिएको ऋ-णको अझै ५४ करोड रुपैया तिर्न बाँकी रहेको पनि मेयर साम्पाङले जानकारी दिए। उनले भने,‘चाडै यो ऋ-ण चुक्ता गरेर खानेपानीको महशुल घटाउने मेरो योजना छ। खर्च कटौती गर्न पनि मेरो ध्यान केन्द्रीत छ। यसको लागि धेरै कर्मचारी भएकोले केही घटाउने, विजुलीमा भइरहेको खर्च घटाउनेतर्फ म ध्यान दिइरहेको छु।नागरिक