
साउन १५, काठमाडौं : जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य डम्बर खतिवडाले प्रचण्ड, माधब नेपाल, बाबुराम भट्टराई र वामदेव गौतम मिलेपनि समाजवादी केन्द्र नबन्ने बरु वृद्धा आश्रम बन्ने भन्दै व्यङ्ग्य गरेका छन् ।
पछिल्लो समय नेपाली राजनीतिको यि शिर्ष नेताहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत सुमाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टी, नेपालबाट वि-द्रोह गरेर नेपाल
समाजवादी पार्टीको संघिय परिषद्को अध्यक्ष बन्न लागेका बाबुराम भट्टराई र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबिच ‘समाजवादी केन्द्र’ बनाउँन छलफलका लागि बाक्लै भेटर्वार्ता हुने गरेको छ ।
उनले भने– ‘यदि समाजवादी केन्द्र बनाउन उहाँहरु इमान्दारी हुनुहुन्छ भने पहिलो सर्त हो । उहाँहरुले समाम्यवाद विचार धारा परित्या गर्नुपर्छ । जस्तो भट्टाराईले एक नम्बर कुरा, दुई नम्बर कुरा ‘लिडरसिप’ को कुरा हुन्छ ।
तपाई समाजवादी केन्द्र बनाउँने अनि तपाई नाम जोड्न जानुस् प्रचण्ड, माधव नेपाल, झलनाथ, वामदेव, महरा र नारायणकाजी यसले अहिलेको युगको पुस्तालाई कुनै आकर्षण गर्छ? मलाई लाग्छ झन ‘फ्रस्टेट’ गर्छ । त्यो त समाजवाी केन्द्र होईन, वृद्धा आश्रम केन्द्र बन्छ ।
अहिले नेपालको युवा पुस्ताहरुको आकांक्षा नयाँ अर्थतन्त्र सुशासको समस्यामा हल गर्न सक्ने योजना कुनै ‘भिजन’ नभएको समाजवादी केन्द्र नहुने यसले काही सम्बोधन नगर्ने बताएका छन् ।
हिजो कम्युनिष्टको केन्द्रको, माओवादी केन्द्रको नाममा लुटने र आज समाजवादी केन्द्रको नाममा लुट-ने षडयन्त्रको खेल भएकोले त्यस्तो समाजवादी केन्द्रलाई ‘सपोर्ट’ गर्ने नसकिने उनले बताए ।
कम्युनिष्ट पार्टीबाट समाजवादी केन्द्र बनाउन आएकाहरुले साम्यवाद र समाजवाद फरक विचार धारा हो भने र स्वीकार गर्नुपर्ने साम्वादलाई छोडेर समाजवादलाई प-कड्नु पर्ने उनको भनाई छ ।
बाबुरामले कम्युनिष्ट पार्टी छोडनुको कारण पनि समाजवादको निर्माण गर्नको लागि छोडेको तर कम्युनिष्ट ‘मोडालिटी’को समाजवाद अब संसारमै सफल नहुने र कम्युनिष्टहरुनै
समाजवादको बाधक भएको उनले बताए । अहिले संसदीय प्रणालीम बाबुराम भट्टाराईको पार्टी बलियो नभएको एउटा ठुलो समस्या देखा परेकोले अब राजनीति गर्ने बलीयो पार्टी चाहिने बताएका छन् ।