२०७९ भाद्र १ बुधबार
  • काठमाडौँ

अष्ट्रेलिया जान लागेका सलिन अधिकारीले किन गरे आ-त्मा ह-त्या !

साउन १५, काठमाडौं : काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष श्यामकुमार अधिकारीको परिवार शो’कमा छ। अधिकारी स्वतन्त्र उम्मेदवारी दिएर जितेका वडाध्यक्ष हुन्।

उनले मंगलबारमात्रै आफ्ना भतिजा गु’माए। कीर्तिपुरको टुँसाल चम्पादेवी बस्ने २१ वर्षीय सलिन अधिकारी गत मंगलबार साँझ मृ-त फेला परेका थिए। उनी ललितपुरको गोदावरी नगरपालिकास्थित फुल्चोकीको जंगलमा झु-ण्डिएको अवस्थामा फेला परेका थिए।

सडकबाट केही दूरीमा रहेको एक रूखमा उनी झु-ण्डिएका थिए। घट’नास्थलबाट उनको मोबाइल र ब्याग पनि फेला प-र्यो। नजिकै सडक छेउमा उनले चलाउने स्कुटर पनि पार्किङ गरिएको अवस्थामा फे’ला परेको थियो।

उनको ब्यागबाट प्रहरीले अर्को एउटा डोरी, पासपोर्ट, नागरिकतालगायत केही कागजातहरू पनि फेला पारेको थियो।
उनले त्यसरी आ’त्म-ह’त्या नै गर्छन् भनेर कसैले सोच्नै नसकेको काका श्यामकुमार बताउँछन्। उनका अनुसार सलिन अष्ट्रेलिया जाने तरखरमा थिए।

त्यसको लागि उनी बागबजारको एक कन्सल्टेन्सीमा गएर आइइएलटिएस गर्दै थिए। कालिमाटीस्थित इन्टेन्सिभ इन्टरनेशनल कलेजमा कक्षा १२ सकेसँगै पछिल्लो एक वर्षदेखि उनी अष्ट्रेलियामा जाने तयारी गरिरहेका थिए। अष्ट्रेलियामा उनका अर्का एक जना साथी पनि छन्।

कन्सल्टेन्सीमा जान उनी सधैँ बिहान साढे ८ बजे नै घरबाट निस्किन्थे। त्यो दिन बिहान स्थानीयले बोलाएपछि श्यामकुमार सलिनकै स्कुटर लिएर हिँडेका थिए। आठ बजेपछि उनले सलिनलाई फोन गरेर जानुपर्ने नपर्नेबारे सोधेका पनि थिए।

बाहिर गाउँकै समस्याले बोलाएपछि म गएको थिएँ। आठ बजिसकेको थियो। साढे ८ मा त ऊ हिँड्थ्यो सधैँ, श्यामकुमारले भने, अनि मैले कहाँ हो कतिबेला जाने भनेर सोधेको थिएँ। धेरैबेर कुरा पनि भएको थिएन।

भतिज हिँड्ने बेला भयो भनेर हतारहतार घर आएर स्कुटर छाडेर उनले गाडी लिएर हिँडेका थिए। फेरि उनले ९ बजे पनि फोन गरेर कहाँ हो भनेर सोधेका थिए। कक्षा सुरू हुन लागेको र साढे १० बजेदेखि ११ बजेसम्म घर फर्किन्छु पनि भनेका थिए।

फोन गरेपछि श्यामकुमार वडा कार्यालयमा गए। आइतबार र सोमबार ब्रत बसेको हुँदा मंगलबार बिहान आमा-बुवा पनि सँगै खाना खान भनेर सलिनलाई कुरिरहेका थिए। साढे ११ बजे फोन गर्दा पनि उनको फोन लागेन। त्यसपछि खाना खाएर बुवा अफिस पनि हिँडेका रहेछन्।

फेरि पौने १ बजे बुवाले फोन गरेर सोधे- तँ कहाँ छस्?
सलिन रातोपुलस्थित आफ्नी सानीआमाको घरमा पुगेका रहेछन्।
त्यहाँ गएको रहेछ। छोरा आएपछि आमा पनि खुसी नै हुने भइहाली। खाना पनि खाए, गफ गरे, श्यामकुमारले भने।

सलिनले आफ्नी सानीआमासँग ७५० डलर मागे। किन चाहिएको भन्ने प्रश्नमा भने उनले आफ्नो पार्सल आउँदै गरेको र त्यो लिनलाई भनेका थिए। अचानक पैसा मागे पनि जिस्किएको भन्ने सोचेरै सानीआमाले कुरैकुरामा टालिन्।

फेरि सलिनले सानीआमासँग हाँसीहाँसी नै सोधेका थिए, ममी म मरें भने के गरिसिन्छ? उनले पनि जिस्किएरै जवाफ फर्काए, मर्छस् मर्छस्। ग्वाङ्ग्रे उनलाई घरमा मायाले ग्वाङ्ग्रे भनेर पनि बोलाउने रहेछन्।

केहीबेर फोन चलाएपछि उनी त्यहाँबाट निस्किए। त्यहाँबाट पनि उनी घर गएनन्, ललितपुरको फुल्चोकी डाँडामा पुगे।
रातोपुलमा पैसा लिएर न एयरपोर्टमा पैसा दिन पो सजिलो हुन्छ भनेर हो कि। के हो थाहा भएन। तर पछि ऊ घर आएन, श्यामकुमारले भने।

राति पौने ८ बजेसम्म पनि उनी घर फर्किएका थिएनन्। बुवाले निरन्तर फोन गर्दा पनि सलिनले उठाइरहेका थिएनन्।
पछि सिधै प्रहरीले फोन उठायो र भन्यो- सलिन अधिकारी यहाँ झु-न्डिएको छ। त्यो सुनेपछि घरमा कोलाहल सुरू भइसकेको थियो। श्यामकुमारले पनि दाइ रोइरहेको सुनेपछि के भएको भनेर चासो राखे।

सलिनले आ’त्म-ह’त्या गरेको खबर सुनेपछि उनलाई विश्वास लागेन। उनले फेरि आफैं प्रहरीलाई फोन गरेर जानकारी लिए।
त्यसपछि उनले घट-नास्थलमा आफूहरू नपुगुञ्जेल डोरी नकाट्न र मु-चुल्काको काम सुरू नगर्न भन्दै घरबाट गाडी लिएर हिँडे।

सलिनको श-व सुरूमा एक जना ड्राइभरले देखेका रहेछन्। उनी फुल्चोकी डाँडाबाट फर्किरहेका थिए। स्कुटर रोकेकै ठाउँमा गाडी रोकेर चुरो-ट खान लाग्दा कोही झु-न्डिएको देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए। माथिबाट एउटा गाडी तल झरिरहेको रहेछ। बीच बाटोमा चु-रोट खाने भनेर रोकेको रहेछ, श्यामकुमारले भने, यताउती हेर्दा मान्छे झु-न्डिएको देखेछन्। अनि आएर प्रहरीलाई खबर गरेछन्।

घ-टनास्थल पुगेका श्यामकुमार लगायतलाई घट-ना शं:कास्पद लागेन। आत्महत्या नै गरेका हुन् भनेर आश्वस्त भए। त्यसपछि प्रहरीले पोष्टमर्टमको लागि श-व ललितपुरको पाटन अस्पताल पठायो। मृ-तक परिवारलाई बुधबार बिहानै प्रहरी वृत्त सातदोबाटोमा बोलाएको थियो।

श्यामकुमारलगायत केही आफन्तहरू सातदोबाटो पुगेका थिए। त्यहाँ पुगेर घ-टनास्थलबाट बरा-मद भएको फोन हेरेको श्यामकुमारले बताए। उनले आ’त्म-ह-त्या गर्नुअघि सु-सा’इड नोट लेखेर आफ्नो अष्ट्रेलियामा भएको साथीलाई पठाउन पनि खोजेका रहेछन्।

उनले घट’नास्थल, रूख र डोरीसमेतको तस्बिर खिचेर पठाउन खोजेका थिए। तर फुल्चोकीको डाँडामा राम्ररी नेटवर्क नटिपेको हुँदा सेन्ड नभएको श्यामकुमारले बताए। फोनमा पनि सबै अनलक गरेको रहेछ। हामीले पछि भेटाएपछि सबै हेरोस् भनेर पो हो कि। हामीले फोन हेर्दा फोटोहरू पनि पठाउन खोजिएको रहेछ। फुल्चोकी जानु अघि मेसेजमा साथीसँग पनि कुराकानी भइरहेको रहेछ। तर त्यहाँ पुगेपछि भने टावर टिपेन होला, मेसेज गएन। मेसेजमात्रै गएको भए पनि तुरून्तै हामीसम्म खबर आइपुग्थ्यो कि, उनले भने।

त्यो मेसेजमै उनले ती साथीलाई नै एउटा सु-सा’इड नोट पनि पठाएका रहेछन्। जसमा भनिएको थियो, म स्क्याममा डुबें। मैले धेरै साथीभाइ घरपरिवारको पैसा तिर्न सकिनँ। त्यसैले म सदाका लागि बिदा हुन्छु।

उनले यो मेसेज दिउँसो २:५७ बजे पठाउन खोजेका थिए। तर त्यो गएन। फोनमा अर्को एक जनासँग पनि निरन्तर कुरा भएको देखियो। जसको नाम ‘मम’ भनेर सेभ गरिएको थियो।
दोहोरो सम्वाद त्यति धेरै भएको पनि देखिन्न तर सलिनले निरन्तर पैसा पठाइरहेको जानकारी गराइरहेका थिए।

मम भनेर ह्वाट्स-एपमा राखेको देखिन्छ। मैले यति पैसा पठाएँ भनेर भनिरहेको मात्रै देखिन्छ। फेरि ऊ सानीआमाकोमा छु भनेको बेलैमा गेमओभर भनेर मेसेज पनि आएको रहेछ,उनले भने।

उनी कसैको स्क्याममा फसेको हुनुपर्ने श्यामकुमार बताउँछन्। जसले उनलाई पैसा पठाइराख्न बाध्य बनायो। उनले त्यसरी नै अन्दाजी १२ लाख जति पैसा ती ठ’गलाई पठाइसकेको हुनुपर्ने श्यामकुमारको अनुमान छ। यसबारे यकिन विवरण आइनसकेको उनले बताए। उनले कति पैसा पठाए भन्नेबारे बैंकबाट पनि विवरण मागिरहेको बताए।

सलिनले आफ्नी सानीआमासँग जसरी अरू आफन्त तथा साथीभाइसँग पनि पैसा सापटी मागेका रहेछन्। आफ्नै भाइ र आमाको गहना पनि नजिकैको गहना पसलमा बन्दकी राखेर पैसा सापटी लिएको श्यामकुमारले बताए।

नजिकै रहेको भत्के-पाटीको इसेवाको काउन्टरबाट मात्रै उनले २० पटक पैसा पठाइसकेका रहेछन्। तर तिर्नै नसकेपछि र यसबारे कसैलाई पनि भन्न नसकेपछि भने सलिनले आत्महत्याको बाटो रोजेको हुनुपर्ने श्यामकुमारको भनाइ छ।

कुन मान्छेले कसरी ठ’ग्यो थाहा भएन। हामीलाई पनि ह्वाट्सएपमा लटरी प-र्यो। तपाईंको पार्सल लिन आउनु भन्ने जसरी आइरहेको हुन्छ। त्यसमै फसेको भन्ने लाग्छ, उनले भने, अरू सबैसँग पैसा मागे पनि मसँग भने मागेन। यति धेरै पैसा मागिसकेको रहेछ। कसैलाई पनि थाहै भएन। काम प-र्यो, सामान आउँदैछ भनेर कतिलाई त्यसरी नै मागेको रहेछ।

उनी श्यामकुमारको नजरमा सामान्य खालका व्यक्ति थिए। महत्वकांक्षी मान्छे नभएको उनले बताए। आफूले समाजको लागि काम गर्न भनेर लागिरहँदा नै आफ्नै भतिजा समस्यामा फसिरहेको बारेमा जानकारी लिन नसक्दा उनी दु:खी छन्।

म समाज बुझिरहँदा मैले मेरै भतिजको कुरा बुझ्न सकिनँ, उनले भने, हामी साथी जस्तै थियौं। एक दिनमात्रै घर फर्किन ढिला भएँ भने फोन आइहाल्थ्यो। यता प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक मदन केसीले यस घटनामा आ’त्म-ह’त्या सम्बन्धमा जाहेरी परे पनि थप अनुसन्धान हुने बताउँछन्। घट’नास्थलबाट ब-रामद भएको फोनलाई प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फोरेन्सिक ल्याबमा पठाउने तयारी रहेको बताए। त्यसको रिपोर्ट आउन केही समय लाग्ने उनले बताए।

यसमा हामीले अब सबै हेरिसकेका छैनौं। अहिले नै यत्तिकै भन्न सकिन्न, केसीले भने। पछिल्लो समय नेपालमा विभिन्न बहानामा ठ-गीका अप’राध बढिरहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले पनि कल सेन्टरको नाममा विदेशीहरूलाई ऋ’ण

प्रवाह गरी ब्ल्याकमेल गरी चर्को ब्याज अ’सुली गरी ध-न्दा चलाइरहेका दुई ठाउँमा छापा मारेको छ। यस्तै रूपन्देहीको बुटवलको एक कल सेन्टरमा पनि छापा मा’रेको छ। त्यहाँबाट चिनियाँ, भारतीयसहित नेपाली नागरिकहरू समेत पक्राउ परेका छन्। श्यामकुमार र उनको परिवार यस्ता ठगी (स्क्याम) गर्नेहरूबाट जोगिन सुझाव दिन्छन्। आफ्नो भतिजलाई जस्तो कसैलाई पनि नहोस् भन्ने चाहना भएको श्यामकुमारले बताए।

२०७९ श्रावण १५, आईतवार प्रकाशित 1 Minute 1275 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार