२०७९ आश्विन १९ बुधबार
  • काठमाडौँ

काठमाडौको मेयर साहले छुट्याए सिसडोल र बन्चरेका दर्जनौं योजनामा बजेट !

साउन १५, काठमाडौं : काठमाडौं महानगरपालिकाले बन्चरेडाँडा ल्यान्डफिल साइटमा ड्रोनले विषादी छर्नेदेखि फोहोर बोक्ने सवारीसाधन धुने प्रयोजनसहित दर्जनौं योजनामा बजेट विनियोजन गरेको छ ।

कामपाले चालु आर्थिक वर्षमा विषादी छर्न ५० लाख रुपियाँको ड्रोन खरिद गर्ने भएको छ । वातावरण र कृषि विभागको बजेटमा ड्रोन खरिद गर्ने विषय उल्लेख गरेको छ । त्यसै गरी फोहोर खसालेपछि सफा सवारीसाधनलाई सिसडोल हुँदै

काठमाडौं प्रवेश गर्न दिने गरी वासिङ सेन्टर निर्माण गर्न लागेको हो । त्यसका लागि १० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । महानगरले सो क्षेत्रमा २५ करोडभन्दा बढी रकम छुट्टयाएको पुस्तकमा उल्लेख छ ।

झण्डै डेढ दर्जन बढी शीर्षकमा बजेट विनियोजन गरेको छ । स्थानीयले भदौ १ गतेबाट फोहोर फ्याँक्न नदिने चेतावनी दिइरेहको अवस्थामा महानगरले फोहोरलाई वैज्ञानिक

रूपमा व्यवस्थापन गर्न, स्थानीयलाई क्षतिपूर्ति, विद्यार्थी छात्रवृत्ति, विद्यालयमा अनुदानमा शिक्षक, बालीको रकम, विकास निर्माणलगायतका शीर्षकमा करोडौं बजेट विनियोजन गरेको छ ।

यो समाचार नेपाल समाचार पत्र दैनिकमा छ ।

२०७९ श्रावण १५, आईतवार प्रकाशित 0 Minutes 74 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार