२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

बधाई ! गोरखा जिल्लाकि मनिका बनिन एसईईमा जिल्ला टप !

साउन १३, गोरखा : गोरखा नगरपालिका-८ स्थित वल्ड क्यापिटल माध्यमिक विद्यालयकी मनिका सिर्मलले ४ जीपीए ल्याएकी छिन्।

बुधबार प्रकाशित २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मनिकाले ४ जीपीए ल्याएर जिल्लाकै सर्वोत्कृष्ट नतिजा हाँसिल गरेकी हुन्।

गोरखामा चार जीपीए ल्याउने उनी पहिलो परीक्षार्थी हुन्। राजधानीबाहेकका जिल्लाबाट ४ जीपीए ल्याउने कम छन्। तीमध्ये उनी एक हुन्।

२०७८ सालको एसईईमा देशभरबाट चार लाख ७३ हजार एकसय ११ जना सहभागी भएकामा गोरखाबाट चार हजार आठ सय २९ सहभागी थिए। साधारणतर्फ चार हजार सात सय ५५ जना र प्राविधिकतर्फ ७४ जनाले एसईई दिएका थिए।

उनीहरूमध्ये २०७८ सालको एसईईमा गोरखाको साधारणतर्फको औसत जीपीए २.३७ र प्राविधिकतर्फको औसत जीपीए २.६३ रहेको छ। साधारणतर्फ ३७ जनाले ए प्लस ल्याएका छन्। प्राविधिकतर्फ दुई जनाले मात्र ए प्लस ल्याएका छन्।

२०७९ श्रावण १३, शुक्रबार प्रकाशित 1 Minute 262 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।