२०७९ आश्विन १९ बुधबार
  • काठमाडौँ

दुबई बाट काठमाडौँ आएका भारतीय नागरिक सुनसहित विमानस्थल बाट प’क्राउ !

साउन १३, काठमाडौँ : त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक हजार छ सय १० ग्राम सुनसहित एक भारतीय नागरिकलाई प’क्राउ गरेको छ ।

फ्लाई दुबईको उडानद्वारा काठमाडौँ आएका भारतीय नागरिक युसुफ हारोनको गतिविधि शङ्का’स्पद देखिएपछि नि’यन्त्रणमा लिइ जाँच गर्दा सो सुन ब’रामद गरिएको हो ।

उनले लगाएको भित्री बस्त्रमा प्लाष्टिकभित्र सुनको पोका दुई थान (तौल १६१० ग्राम अवैधरुपमा भन्सार छली गरी लैजान लागेका अवस्थामा फेला पारिएको विमानस्थल सुरक्षा कार्यालयले आज एक सूचना जारी गरी जनाएको छ ।

आवश्यक अनु-सन्धान एवं कार-वाहीका लागि उनलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र घर्तीले जानकारी दिनुभयो ।

त्यस्तै अख्तियार दुरुपयोग अनुसनधान आयोगले मोटरबाटो निर्माण योजनाको नापी किताब र बिल तयार गरिदिएवापत सेवाग्राहीसँग घुस मागेको आरोप लागेका रोल्पाको गङ्गादेव गाउँपालिकका इञ्जि’नीयर नवन डाँगी वि’रुद्ध आज विशेष अदालतमा मु’द्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार रोल्पाको प्राविधिक शाखा प्रमुखको रुपमा कार्यरत इञ्जिनीयर डाँगीले मोटरबाटो निर्माण उपभोक्ता समितिले निर्माण गरेको मोटरबाटोको नापी किताब तयार पारी अन्तिम भुक्तानीका लागि फाइल पेश गर्दा घुस मागेको पाइएको छ ।

आयोगका अनुसार सुरुमा रु ५० हजार बराबरको घुस माग गरेको भन्ने विषयमा अनुसन्धान गर्दा उनले थप रु तीन लाख ५६ हजार ५०० बराबरको घुस लिएको खुलेको छ । आयोगले बिगो बमोजिमको कारबा’हीको माग गर्दै आज विशेष अदालतमा मु’द्दा दायर गरेको हो ।

२०७९ श्रावण १२, बिहीबार प्रकाशित 1 Minute 39 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार