२०७९ माघ २१ शनिबार
  • काठमाडौँ

काठमाडौं महानगरले दोब्बर संख्यामा नगर प्रहरी भर्ती गर्ने !

साउन १३, काठमाडौं : काठमाडौं महानगरपालिकाले डेढ सयभन्दा बढी नगर प्रहरी भर्ती गर्ने भएको छ । महानगरले १६४ जना नगर प्रहरी करारमा भर्ती गर्ने निर्णय गरेको हो ।

अहिले महानगरसँग १७० जना मात्रै नगर प्रहरी छन् ।
फुटपाथ अति-क्रमण नियन्त्रण र सहरी व्यवस्थापनमा अहिलेको जनशक्ति पर्याप्त नभएको निष्कर्ष नगर प्रहरीले निकालेको थियो ।

त्यसकै आधारमा महानगरपालिकाले जनशक्ति थप्ने तयारी गरेको हो । काठमाडौं महानगरका सहायक प्रवक्ता महेश काफ्लेका अनुसार करार सेवा वा सेवा करार प्रणालीबाट प्रहरी राख्ने भन्ने निर्णय भइनसकेको बताउँछन् ।

तर, स्थायी दरबन्दी सिर्जना गरेर नगर प्रहरी नराखिने उनले बताए । करार सेवामा लिने भयौं भने योग्यता तोकेर महानगरले सूचना निकाल्छ, उनले भने, सेवा करार गर्ने

भयौं भने हामीले तोकेको योग्यता अनुसारका जशनक्ति उपलब्ध गराउने गरी आउटसोर्सिङ कम्पनी छान्न टेन्डर गर्छौं ।
सडकपेटी अति-क्रमण नियन्त्रणसँगै सरसफाइ, ट्राफिक व्यवस्थापन, दृष्य प्रदू-षण नियन्त्रण, पार्किङ स्थलको

व्यवस्थापन, साइकल तथा गाडा नियन्त्रण, सेटब्याकमा रहेको पसलको व्यवस्थापन, सडक पेटी मर्मत, रुखका हाँगा काँटछाँट र अव्यवस्थित तार व्यवस्थापनको काममा नगर प्रहरी खटिने गरेका छन् ।

२०७९ श्रावण १२, बिहीबार प्रकाशित 1 Minute 169 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।