२०७९ भाद्र १ बुधबार
  • काठमाडौँ

अब देखि नेपाल-अष्ट्रेलिया सिधा उडानका छलफल, कहिले देखि ?

साउन १३, काठमाडौ : नेपाल र अष्ट्रेलियाबीच सिधा हवाइ उडानको विषयमा छलफल भएको छ। मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र

अष्ट्रेलियाली दूतावासका डेपुटी हेड अफ मिसन पल म्याकचर्नबीच छलफल भएको हो। दुई देशबीच सिधा हवाइ उडानका लागि भएको छलफलमा दूतावासबाट सकरात्मक प्रतिक्रिया आएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए।

दुई देशबीच सिधा हवाइ उडान गर्न प्रारम्भिक प्रक्रिया सुरू भएको छ, प्रवक्ता निरौलाले सेतोपाटीसँग भने, दूतावासबाट सकरात्मक प्रतिक्रिया आएको छ। सम्भवतः चाँडै उडान सुरू हुन सक्छ।

हाल विदेशी वायु सेवाले यी गन्तव्यमा उडान गर्दै आएका छन्। दुई देशबीच उडान सुरू भएसँगै नेपाली वायु सेवाले पनि नयाँ गन्तव्य पाउने प्रवक्ता निरौलाले बताए।

यसअघि सन् २०१९ सेप्टेम्बरमा नेपाल र अष्ट्रेलियाबीच हवाइ उडाडका लागि सम्झौता भएको थियो। तर कोरोना माहामारीका कारण कार्यान्वयनमा आउन सकेको थिएन। सेतोपाटी

२०७९ श्रावण १२, बिहीबार प्रकाशित 0 Minutes 182 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार