
काठमाडौ : काठमाडौँको कपनमा ढलमा खसेर एक बालक बे’पत्ता भएका छन् । बे’पत्ता बालकको पहिचान खुल्न सकेको छैन ।
उनी कसका छोरा हुन् भन्ने समेत खुलेको छैन ।बूढानीलकण्ठ नगरपालिका–१० र काठमाडौंँ महानगरपालिका–६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर मङ्गलबार राति ती बालक बे’पत्ता
भएको महानगरीय प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक भगवती तिमल्सिनाले जानकारी दिइन् । स्थानीयवासी र प्रहरीले बे’पत्ता बालकको खोजी गरिरहेका छन् ।
तर बुधवार दिउसो सम्म उनी फेला परेका छैनन् ।यो अर्को समाचार, मुग्लिन–नौविसे सडक ११ घण्टापछि सञ्चालनमा पहिराका कारण अ’वरुद्ध मुग्लिन –नौविसे सडक सञ्चालनमा आएको छ ।
यस सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोला नजिकै
खसेको पहिराका कारण गएराति ११ बजेदेखि दुईतर्फी अ’वरुद्ध बनेको सडक ११ घण्टापछि सञ्चालनमा आएको हो ।
सडक डिभिजन कार्यालयको दुई वटा लो’डरले पहिरो पन्छाइ बिहान १० बजेदेखि सडक सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । प’हिरो पन्छाएसँगै सवारीसाधन गन्तव्य तर्फ लागेका छन् ।