२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

तत्कालीन प्रधानमन्त्री देउवाका ज्वाइँ एसएसपीमा बढुवाका लागि सिफारिस !

साउन १२, काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका ज्वाइँ दिपेन्द्र कुँवर प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी मा बढुवाका लागि सिफारिस भएका छन् ।

दुई नम्बर ज्येष्ठतामा क्रममा राखेर आइतबार गृह मन्त्रालयले उनलाई बढुवा गरेको हो । हाल १ नम्बरमा बढुवा भएका प्रविण कँडेल नेपाल प्रहरीबाट स्थान्तरण भएर आएका अधिकृत हुन् ।

त्यसैले कुँवर आफ्नो ब्याचमा एक नम्बरमा उक्लिएका छन् । कुँवर कायममुकायम एसएसपी र प्रहरी उपरीक्षक एसपी हुँदा ११ नम्बरमा थिए । सशस्त्र प्रहरी निरीक्षकका रुपमा भर्ना हुँदा पनि उनी ७५ जनामा अन्तिम पाँचमा थिए ।

स्रोतका अनुसार उनलाई १ नम्बरमा बढुवा सिफारिस गर्न गृहमन्त्री बालकृष्ण खाण पनि सकरात्मक थिएनन् । तर बालुवाटारको दबावमा उनी शीर्ष स्थानमा बढुवा सिफारिसमा परेका हुन् ।

कुँवरलाई कामु एसएसपीबाट एसएसपी बनाउन गृह मन्त्रालयले सशस्त्र प्रहरी बलको नियमावलीलाई नै संशोधन गरेको थियो । सशस्त्र प्रहरी नियमावली, २०७२ मा सशस्त्र प्रहरी सेवामा बढुवाका लागि सम्भाव्य उम्मेदवार हुन बढुवा हुने श्रेणी वा त

हभन्दा एक तह मुनिको पदमा चार वर्ष सेवा अवधि पूरा भएको हुनुपर्ने प्रावधान थियो । तर कुँवरको चार वर्षे अवधि पूरा नभएकाले यसलाई घटाएर तीन वर्ष कायम गरिएको थियो ।

कुँवरलाई कामु एसएसपी बन्न बाधा हुने भएपछि यसअघि लामो समयसम्म बढुवा नै रोकिएको थियो । हाल सशस्त्र प्रहरी बलमा प्रहरी नायब महानिरीक्षक डीआईजीको तीन दरबन्दी रिक्त छ । त्यसमा कुँवरलाई बढुवा गर्ने गरी हाल एसएसपीमा पहिलो नम्बरमा राखिएको सशस्त्र प्रहरीका एक उच्च अधिकृत बताउँछन् ।

२०७९ श्रावण ११, बुधबार प्रकाशित 0 Minutes 232 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।