२०८० जेष्ठ २२ सोमबार
  • काठमाडौँ

हेटौंडाकी मेयर लामाको सम्पत्ति, १५ तोला सुन, २० तोला चाँदी र पारिश्रमिकबाहेक बैंकमा २० हजार मात्रै !

साउन १२,काठमाडौ : हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाले सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् । ५ वर्ष उपमहानगरको उपप्रमुखको जिम्मेवारीपछि नगर प्रमुखको

जिम्मेवारीमा रहेकी लामाले सार्वजनिक गरेको सम्पत्ति विवरणमा १५ तोला सुन, २० तोला चाँदी र पारिश्रमिकबाहेक बैंकमा २० हजार मौज्दात रहेको उल्लेख छ ।

नेकपा एकीकृत समाजवादीबाट टिकट पाएकी लामाले पारिश्रमिकबापत पाउने ४० हजार रुपैयाँ कृषि विकास बैंकमा रहेको जनाएकी छिन् । सार्वजनिक गरेको सम्पत्ति विवरणमा अन्य कुनै पनि कारोबारमा आफू संलग्न नभएको जनाएकी छन् ।

उनले सार्वजनिक गरेको विवरणमा ससुरा कान्छा लामाको नाममा हेटौंडा–१ चाइनाक्वाटरमा ११ धुर, सासू सानुमैयाको नाममा सवा १० धुर र सवा ६ धुर र ससुरा कान्छा लामाको नाममा ११ रोपनी जमिन रहेको उल्लेख छ ।

श्रीमान् सुनबहादुर लामाको नाममा कृषि बिकास बैंकमा ४० लाख ऋण रहेको छ भने ४० लाख बराबरको टयांकर र छोरा सुमित लामाको नाममा एउटा २ लाख ५० हजार बराबरको मोटरसाइकल रहेको उल्लेख छ ।कान्तिपुरमा खबर छ ।

२०७९ श्रावण ११, बुधबार प्रकाशित 0 Minutes 393 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।