२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

जनप्रतिनिधि होस् त यस्तो, आफ्नो गाडी छाडेर मोटरसाइकलमा कार्यालय जान्छन् थापा !

साउन ११, काठमाडौं : सोमबार साँझ करिब साढे ७ बजेको थियो । भूमिकास्थान नगरपालिका-४ मकैडाँडामा एक व्यक्ति रेनकोट लगाउँदै गरेका बेला भेटिए ।

बाटोमा बाइक रोकेर रेनकोट लगाउँदै गरेका ती व्यक्ति अरु कोही नभएर भूमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापा थिए । नगर कार्यालयबाट अफिसियल कामले सन्धिखर्क पुगेका थापा घर फर्कंदै गर्दा मकैडाँडामा पानी परेपछि निथ्रुक्क भिजेका हुन् ।

भूमिकास्थान नगरपालिका(४ घर भएका थापा मोटरसाइकलमा दैनिक ३२ किमी यात्रा गर्छन् । आफ्नै निजी मोटरसाइकलमा यात्रा गरिरहेका मेयर थापाले आफ्नै मोटरसाइकलमा यात्रा गर्नुको बेग्लै आनन्द भएको बताए ।

म मोटरसाइकलमा यात्रा गरेको देखेपछि साथीहरूले आश्चर्य मान्दै मेयरसाव गाडी छैन र भन्नुहुन्छ, उनले भने, यही मोटरसाइकल देखाउँदै यो घोडा जस्तो मान्नु भो र भन्ने गरेको छु ।

मेयर थापाले आफू निर्वाचित भइसकेपछि नगरपालिकाले भाडामा प्रयोग गरिरहेको एउटा स्कारपिओ फिर्ता गरिसकेका छन् । नगरपालिकासँगग दुईवटा आफ्नै गाडी छन् ।

वर्षौदेखी अर्को भाडाको गाडी पनि प्रयोग भइरहेको रहेछ, मेयर थापाले भने, हामी आएपछि त्यो गाडीको नवीकरण गरेनौं, १ साउनदेखि त्यो गाडी फिर्ता भइसक्यो ।
थापाले आफूले सस्तो लोकप्रियताका लागि मोटरसाइकल नचढेको बताए ।

म न त लोकप्रियता कमाउन मोटरसाइकल चढेको हुँ, न त सरकारी गाडी बहिष्कार नै गरेको हुँ, मेयर थापाले भने, विशेष परिस्थितिमा नगरका गाडीहरू पनि प्रयोग गरिन्छ । तर मसँग आफ्नै साधन छ, मोटरसाइकलले काम चलेसम्म गाडी चढ्दिनँ ।

२०७९ श्रावण ११, बुधबार प्रकाशित 1 Minute 181 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।