२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

बधाई ! एसइइ परिक्षामा पासाङ बनिन् सर्वोत्कृष्ट अंक ल्याउँने विद्यार्थी !

साउन १२ काठमाडौं : नेपालमा आज राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ ।

छिमेकी मुलुक भारतमापनि हिजो नतिजा प्रकाशित भएको थियो । नेपालमा सर्वोत्कृष्ट अंक ल्याउँने को हो ? अझै खुलेको छैन । तर भारतमा नेपाली भाषी (नेपाली मुलनिवासी)

विद्यार्थीले माध्यमिक परीक्षामा सबैभन्दा उत्कृष्ट अंक ल्याएर चकित बनाउँनुभएको छ । टेक्नो ईन्डिया जिआरपी पब्लिक स्कुल सिलिगुडीका छात्रा पासाङ डोल्मा जिम्बाले यस बर्षको माध्यमिक परीक्षामा सबै बिषयमा सर्वोत्कृष्ट अंक प्राप्त गर्नुभएको हो ।

उहाँको नतिजाले स्कुल, अभिभावक साथै मिरिक क्षेत्रको नाम रोशन भएको भन्दै त्यहाँका स्थानीय र विद्यालयहरुले खुशी व्यक्त गरिरहेका छन् ।

फुवागडी निवासी पिता प्रणाम जिम्बा अनि माता स्व. अनु लामाको एक मात्र सुपुत्री पासाङको यस शैक्षिक उपलब्धिका निम्ति फुवागडी लगायत मिरिकवासीले हार्दिक

मङ्गलमय शुभकामना व्यक्त गरेका छन् । आमा सानैमा गुमा-उँनु परेको पि’डाका बावजुदपनि पासाङले अत्याधिक अंक ल्याएर भारतभर चर्चा कमाउनुभएको छ ।

२०७९ श्रावण १२, बिहीबार प्रकाशित 1 Minute 274 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।