
साउन ११, चितवन : भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको विकासका लागि निरन्तर अघि बढिरहेको बताउनु भएको छ ।
भरतपुर आँखा अस्पतालले आयोजना गरेको अन्तर्राष्ट्रिय (आईएसओ)गुणस्तर चिन्ह हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले भरतपुरको विकासद्रुत गतिमा अघि बढेको बताउनुभयो ।
भरतपुरलाई देशको नुमान र विकासको मोडल खडा गर्ने उद्देश्यसहित मौदानमा उत्रिरहेको उहाँको भनाई थियो ।
हामी कहिले पनि थाकेका छैनौ, उहाँले भन्नुभयो, निरन्तर गतिका साथ अघि बढेका छौ । थाक्नेवाला पनि छैनौ ।
रोकिनेवाला पनि छौनौ । विकासको लागि सकेको कोशिस गरिराखेका छौ । लागि परिराखेका छौ । मेयर दाहालले भरतपुर विमानस्थल विस्तारका गर्न बनेको कार्यदलले १५ दिनमा प्राविधिक प्रतिवेदन बुझाउने समयसीमा दिइएको जानकारी दिनुभयो ।
त्यस्तै निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधुरो कामलाई अगाडि बढाउन कार्यदल बन्दै छ, यो कार्यदलले २१ दिनभित्र प्रतिवेदन बुझाउने उहाँको भनाई छ ।
यी दुवै कामलाई अगाडि बढाउन मन्त्रीपरिषदबाट निर्णय गर्ने गरी कामहरु अघि बढेको मेयर दाहालले उल्लेख गर्नुभयो ।
भरतपुरबाट अबको केही समयमा विषेशज्ञसहितको स्वास्थ्यसेवा लिन स्वदेशबाट मात्रै नभई छिमेकी देशबाट पनि विरामी आउने सम्भावना बढेको उहाँको धारणा थियो । भरतपुरमा दुई ठूला मेडिकल कलेज, भरतपुर केन्द्रीय अस्पताल, दक्षिण एसियामा सेवा दिने क्या’न्सर अस्पताल र ठुला निजी अस्पतालहरु रहेका छन् ।
अब केन्द्रीय शिक्षक अस्पताल, आर्युवेद अस्पताल र प्रकृतिक चिकित्सालय निर्माण भएपछि सबै सेवा भरतपुरबाट पाइन्छ–मेयर दाहालले भन्नुभयो । भरतपुर आँखा अस्पतालले विषेशज्ञ र गुणस्तरीय सेवा प्रवाह गरी प्राप्त गरको अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गरेसँगै थप चुनौ’ती र जिम्मेवारी थपिएका उहाँको भनाइ थियो ।
भरतपुर आँखा अस्पतालले यो गुणस्तर चिन्ह प्राप्त गरेर भरतपुर महानगरपालिकालाई अन्तर्राष्ट्रिय स्तरमा परिचत गएको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो । भरतपुर महानगरपालिका र भरतपुर आँखा अस्पतालबीच नमुना प्रस्तुत भइरहेको भन्दै
मेयर दाहालले आँखा अस्पतालको गुणस्तर विकासमा महानगर
सहयात्री बन्ने बताउनुभयो । कार्यक्रममा युनाईटेड रजिष्ट्रार्ड (युआर) का कन्ट्री डाईरेक्टर प्रकाश पौडेलले नेपाल नेत्रज्योति संघ तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज धरेललाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।