२०७९ माघ २१ शनिबार
  • काठमाडौँ

नेपाल आयल निगमको एक वर्षको घाटा ५५ अर्ब !

साउन ११, काठमाडौं : मुलुकमा इन्धन आपूर्ति र कारोबारको एकाधिकार भएको नेपाल आयल निगमले एक आर्थिक वर्षमै ५५ अर्ब रुपैयाँ घाटा व्यहोरेको छ ।

सबै प्रकारका सञ्चिति कोष रित्तिएर आर्थिक वर्ष २०७८/७९ मा यो आकारको अनुमानित घा’टा व्यहोरेको निगम उच्च स्रोतले जनाएको छ । आर्थिक वर्ष अन्त्यको प्रारम्भिक अनुमानमा यो आकारको घाटा देखिएको छ ।

स्रोतले भन्यो, भलै अन्तिम लेखापरीक्षण प्रतिवेदनमा केही मौज्दात इन्धनको रकम हिसाब गर्दा थोरै रकम तलमाथि हुनसक्छ । यस वर्षको प्रारम्भिक नोक्सा’नी इतिहासमै हालसम्मकै उच्च भएको निगमको दाबी छ ।

आव २०७७/७८ मा निगमले ४ अर्ब घाटा व्यहोरेको थियो ।
अघिल्लो वर्षसम्म आफ्नो सञ्चित कोषमा रहेको २६ अर्ब रकम खर्च गरेर पनि निगम अहिले ३५ अर्ब ऋ-णमा चलेको स्रोतको दाबी छ । निगमले १० अर्ब रुपैयाँ ऋण लिएर भारतीय आयल कर्पोरेसन (आईओसी) लाई भुक्तानी गर्दा पनि अझै २५ अर्ब उधारो बाँकी छ, स्रोत भन्छ, भारतको ऋण नेपालमा सरेको मात्रै छ ।

गत वर्षको तुलनामा खपत र लागतमा उच्च वृद्धि हुँदा निगमको नोक्सान अनपेक्षितरुपमा बढेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको भारी वृद्धिसँगै इन्धनको लागत

दोब्बरले बढ्नु, निगमलाई घाटा रहेको पेट्रोल र खाना पकाउने ग्याँसको बिक्री बढ्नु लगायतका कारणले निगमको वित्तीय अवस्थामा थप दबाब सृजना गरेको उनको भनाइ छ ।

आव २०७८/७९ मा नेपालले ३ खर्ब १० अर्बको पेट्रोलियम कारोबार गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा दोब्बर बढी हो । आव २०७७/७८ मा निगमले १ खर्ब ५८ अर्बको पेट्रोलियम पदार्थ खरिद गरेको थियो ।

२०७९ श्रावण ११, बुधबार प्रकाशित 1 Minute 132 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।