
साइन ११, काठमाण्डाै – पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समिति नै अलमलमा परेको छ । अर्थ मन्त्रालयले डिलिट भयो भने पनि समितिले नेपाल
प्रहरीको फ’रेन्सिक ल्याबमार्फत हार्ड-डिस्क रिकभर गरेर सीसीटीभी फुटेज निकालेको छ । तर फुटेजमा भएका दृष्यलाई लिएर समिति नै अलमलमा परेको हो । फुटेजमा भएका दृष्य अस्पष्ट भएको समितिका एक सदस्यले जानकारी दिएका छन् ।
फरे-न्सिक ल्याबबाट प्राप्त फुटेजलाई अविश्वास गर्न पनि नसकिएको र विश्वास गर्दा पनि स्पष्ट दृष्य नपाएकोले दोधारमा परिएको ती सदस्यले जनाएका छन् । आज बिहानको बैठकमा सीसीटीभी फुटेज हेरेर प्रार’म्भिक अध्ययन भएकोमा बेलुका
फ’रेन्सिक ल्याबकै विज्ञसँग समितिले छलफल गरेको थियो । बैठकपछि समितिका सचिव सुरेन्द्र अर्यालले आज विषय टुङ्गो नलगेकाले भोलि पनि फुटेजको विषयमा पुनः छलफल र अनुसन्धान हुने बताउनुभयो ।
सीसीटीभी फुटेजमा के देखियो भनेर अहिले भन्न नमिल्ने र यो विषय प्रतिवेदनमै आउने अर्यालले बताउनुभयो । बजेट निर्माणमा करको दर हेरफेर गर्न अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा समितिले अहिलेसम्म कुनै प्रमाण फेला पार्न सकेको छैन ।
चालु आर्थिक वर्ष २०७९/८० को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करको दर हेरफेर गरेको आ-रोप तत्कालीन मन्त्री जनार्दन शर्मामाथि लागेको छ ।
यो आ-रोपबारे छानबिन गर्न सभामुख अग्नि सापकोटाले गएको असार २२ गते ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गर्नुभएको थियो । समिति गठन भएलगत्तै अर्थमन्त्रीबाट शर्माले राजी-नामा दिनुभएको थियो ।