२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

भिमार्जुन आचार्य भन्नुहुन्छ – नेपालमा जस्तो नालायक र राष्ट्र विरोधी शासक संसारमा नै छैनन् होला !

साउन १०, काठमाडौ : संविधानविद् भीमार्जुन आचार्यले यो हद सम्मका नालायक, गैरजिम्मेवार र राष्ट्र बिरो-धी शासक दुनियॅामा कोही नभएको बताएका छन्।

उनले देशको अर्थ-तन्त्र गिर्दो अवस्थामा रहेका बेला सरकार भने विदेशीलाई नागरिकता बाँड्नमा केन्द्रित भएको बताएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा आचार्यले लेखेका छन् ।

आर्थिक वर्ष ०७८/०७९ मा हामीले विभिन्न देशबाट १९ खर्ब २० अर्ब अ-र्थात हाम्रो बजेटभन्दा बढीको सामान आयात गरेका रहेछौँ। तीमध्ये भारतबाट मात्र १२ खर्बभन्दा बढीको सामान आयात गरिएको रहेछ।

यसबाट भारतसँग मात्र हाम्रो व्यापार घाटा साढे १० खर्ब जतिको छ। देशको बजेटभन्दा बढी व्यापार घाटा र वैदेशिक ऋण भएको उल्लेख गरेका छन्। आन्तरिक खर्चको कुरा गर्दा बजेटको सबैजसो हिस्सा साधारण खर्चमै सकिने उनको भनाइ छ।

संघ र स्थानीय तहको भन्दा कुनै पनि नौलो कार्यक्षेत्र नभएको र कहीँ कतैबाट औ-चित्य सिद्ध गर्न नसकेको प्रदेशको खर्च मात्र वर्षेनि ३ खर्ब जतिको छ।

देशको हालत यस्तो छ तर, सरकार, संसद् र प्रतिपक्षको किल्लामा यी कुराको उच्चारणसम्म पनि हुँदैन । उनीहरूको ध्यान चुनावको मुखमा पछि आउने संसद्को समेत अधिकार कटौती हुने गरी विदेशीलाई नागरिकता बाँड्न केन्द्रित छ।ओटिभी नेपाल

२०७९ श्रावण १०, मंगलवार प्रकाशित 1 Minute 260 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।