२०८० जेष्ठ २६ शुक्रबार
  • काठमाडौँ

नारायणकाजी श्रेष्ठ भन्नुहुन्छ – गठबन्धन सरकारको कारण राष्ट्रियता माथि झनै ख’तरा बढ्यो ।

साउन १०, काठमाडौ : सत्तारुढ गढबन्धनका एक जना बरिष्ठ नेताले गठबन्धन सरकारकै कारण मुलुकको राष्ट्रियतामाथि खतरा बढदै गएको निश्कर्ष सुनाउनु भएको छ ।

नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले नागरिकता बिद्येयक पारित गरेकोमा कडा आप-त्तिसहित गठबन्धनले राष्ट्रियतामाथि नै ख’तरा बढाएको निश्कर्ष सुनाउनु भएको हो ।

काठमाडौंमा आज आयोजित एक कार्यक्रममा आफ्नो धारणा राख्दै श्रेष्ठले सत्तारुढ दलहरु राजनीतिक स्वार्थ प्रेरित भएर अघि बढने गरेकाले पनि मुलुकको राष्ट्रि-यता खतरामा पर्दै गएको बताउनु भयो ।

नागरिकता बिद्येयक आप-त्तिजनक छ, त्यो पारित गर्न हुन्थेन, तर जवर्जस्ती गरियो, श्रेष्ठले भन्नुभयो, यस्तो काम निष्ठा कमजोर हुँदै गएको समस्या हो । तत्कालीक राजनीतिक स्वार्थबाट प्रेरित हुँदै गएको समस्या हो ।

त्यसको कारणले चुनौति बढेको हो। र, खतरा पैदा भएको हो । पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका श्रेष्ठले नागरिकतासम्बन्धि विधेयक प्रतिनिधिसभाबाट पारित गराएकोमा कडा आपत्ती जनाउँदै सरकार र सत्तारूढ गठबन्धनप्रति आक्रोश व्यक्त गर्नुभयो ।

अन्तरबस्तु र पद्धति दुवै हिसावले गलत ढंगले सो विधेयक प्रतिनिधिसभाबाट सत्तारूढ गठबन्धनले पारित गराएको भन्दै श्रेष्ठले आक्रोश पोख्नुभएको हो । नागरिकता विधेयक पारित गराउन नहुने विषयमा आफूले पार्टीमा, राष्ट्रिय सभामा बोले पनि त्यसलाई बेवास्ता गरेर पारित गरिएको बताउनु भयो ।

अहिलेको गठबन्धन सरकारले नागरिकतासम्बन्धि विधेयक यसरी ल्याउन मिल्छ ? यो अन्तरबस्तु र पद्धति दुवै कोणबाट गलत छ भन्ने कुरा मैले त यो पारित गर्नुअघि नै राखेको छु, आफ्नो पार्टीमा पनि राखेँ ।

राष्ट्रिय सभामा पनि बोलेँ, श्रेष्ठले थप्नुभयो, त्यो पारित भएपछि किन गलत छ भनेर त मैले सार्वजनिक बहस गरिसकेँ। यस सम्बन्धमा विचारको समस्या होईन। वैचारिक–सांस्कृतिक स्खलनको समस्या हो ।

२०७९ श्रावण १०, मंगलवार प्रकाशित 1 Minute 120 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।