
साउन १०, काठमाडौ : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालबीच भेटवार्ता भएको छ ।
काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन शाह र आफूबीच शिष्टाचार भेट भएको धनगढी उपमहानगरका मेयर हमालले जानकारी दिए ।
भेटमा फोहोरमैला व्यवस्थापनबारे विशेष छलफल भएको उनले जानकारी दिए । काठमाडौं महानगरपालिकाका नगर प्रमुख श्री बालेन शाहज्यू संग शिष्टाचार भेट सम्पन्न भयो र फोहोर मैला व्यवस्थापनको बिषय सम्बन्धी विशेष छलफल गरियो, भन्दै हमालले फेसबुकमार्फत बताएका छन् ।
थप समाचार, माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा बुधबार सार्वजनिक गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रक अर्जुन रायमाझीले उक्त जानकारी दिएका हुन् ।
यसअघि नै कक्षा १० को परीक्षाफल प्रकाशित गर्ने भनेको थियो तर पटक–पटक नतिजा सारिएको थियो । परीक्षा नियन्त्रक रायमाझीका अनुसार एसईईको नतिजा भोलि प्रकाशित हुने पक्का भएको छ ।
०७८ को परीक्षामा चार लाख १४ हजार विद्यार्थी सहभागी थिए । परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन भएको थियो ।
यसअघि शैक्षिक सत्र २०७६ र २०७७ मा कोरोनाका कारण आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गरिएको थियो । २०७८ मा पनि त्यहिँ अवस्था दोहोरिने छाँटकाँट देखा परेको थियो तर कोरोना मत्थर भएसँगै बोर्डले विद्यार्थीहरुलाई भौतिक रुपमै उपस्थित गराइ परीक्षा सञ्चालन गरेको थियो