२०७८ माघ १३ बिहीबार
  • काठमाडौँ

ह’वाई जहाजको जतिकै सुबिधा भएको ‘विराटनगर–काठमाडौँ’ बुलेट एसी बस सञ्चालन !

काठमाडौं : नेपालमा पछिल्लो समय अत्याधुनिक सुविधा सहितका बसहरु सञ्चालनमा आउन थालेका छन् । नेपालका मुख्य ७ वटा सहरबाट बसभित्रै शौचालयको व्यवस्थापन भएको बु’लेट एसी बस सञ्चालनमा ल्याएको छ ।

बु’लेट एसी प्रा.लि.ले देशभरका सात सहरका लागि काठमाडौँ देखि यो बस सञ्चालन गर्ने भएको हो । विराटनगर–काठमाडौँको लागि १ हजार ७ सय ५५ रुपैयाँ पर्ने बु‘लेट बसको यात्रा भाडालाई दशैं अफरका रुपमा एक हजार ५०० रुपिँया कायम गरिएको ब्यवस्थापन कार्यालय विराटनगर बसपार्कका इन्चार्ज राजु धमलाले जानकारी दिनुभयो ।

यसमा सवार यात्रुका लागि कम्पनिले प्राथमिक स्वास्थ्य उपचारका लागि प्रयोग गरिने स्वास्थ्य कि‘ट उपलब्ध गराउने छ । व्यवस्थापक धमलाका अनुसार को‘रोना सं’क्रमणको जो’खिम न्यूनीकरणका लागि आवश्यक पर्ने सामाग्री किटमा समावेश गरिएको हुन्छ ।किट उपलब्ध गराए वापत

यात्रुले छुट्टै रकम बुझाउनु पर्ने छैन । किटमा पानी, ग्लोब्स, मास्क र केहि रु‘घाखोकी लाग्दा से‘वन गर्ने औ‘षधीहरु समावेश गरिने छ ।सरोज न्यौपाने र उमेश खड्का लगायतले यो बुलेट बस प्रा.लि.मार्फत सातवटा बस संचालनमा ल्याएका हुन् ।

५ करोड ५० लाखको लागतमा संचालनमा ल्याईएको बु’लेट बसमा हवाई जहाजको जतिकै सुबिधा रहेको दा‘बी गरिएको छ । यात्राको लागि यात्रुले अनलाईन तथा बुकिङ काउटरबाट टिकट लिन पाउने ब्यवस्था गरिएको छ । बु‘लेट बस सञ्चालक समुहले २७ सिटर बस २÷१ सोफा ल‘क्जरि सिट सहितको बसहरु संचालनको तयारी समेत गरेको छ ।

२०७८ आश्विन ६, बुधबार प्रकाशित 1 Minute 52 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार