
साउन १०, काठमाडौ : नेपाली राजनीतिमा एकछत्र राज गरिरहेका ठूला दलका ठूला नेतावि’रुद्ध चुनाव ल’ड्ने तयारिमा थुप्रैयुवाहरु रहेका छन् ।
विश्लेषकहरू भन्छन्, स्वतन्त्र दल र उम्मेदवारीको नाममा पूर्वप्रधानमन्त्रीहरू हराउने अभियान आगामी हुने संघ र प्रदेशको निर्वाचनमा देखिने छ । पटक पटक दोहोरिएर पनि व्यवस्था परिवर्तनपछि जनताको अवस्था परिवर्तनमा कुनै योगदान
नदिएका नेताहरूलाई निर्वाचन क्षेत्रमै जनताले भोट नदिएर रोक्ने उनीहरूको दाबी छ । यसको लागि स्वतन्त्र दल र अभियानकर्मीको प्रयास रहने बताइरहेका छन् ।
उदाहरणको लागि टेलिभिजन प्रस्तोता लामिछानेले
अघिल्लो महिना पार्टी घोषणा गर्दा बोलेका केही भनाइका अंशले प्रस्ट पार्छ । उनले झापा, डडेलधुरा वा चितवनबाट ‘चुनाव लड्न मन भएको तर आफूलाई हार्ने सुविधा नभएको’ बताएका थिए ।
ठूला नेतासँग टक्कर नलिने संकेत गरेका उनले आगामी चुनावमा जसरी पनि जित्नै पर्ने इच्छा भने देखाइरहेका छन् ।
उनीहरूको निशानामा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल,
झलनाथ खनाल र जसपाका पदमुक्त नेता डा. बाबुराम भट्टराई देखिन्छन् । आगामी निर्वाचनबारे बहस र छलफल भइरहँदा अबको चुनावपछि बन्ने नयाँ सरकारको नेतृत्व देउवा, ओली र प्रचण्डकै वरिपरि घुम्ने विश्लेषण गर्न थालिएको छ ।
यद्यपि पूर्व प्रधानमन्त्री भइसकेका डा. भट्टराईले अब कुनै पनि कार्यकारी हैसियतमा आफ्नो पुस्ता जान नहुने बताइसकेका छन् । तर बाकी पाँच जना पूर्व प्रधानमन्त्री फेरी दोहोरिएर
कार्यकारी भूमिकामा जान लाइनमा देखिन्छन्, तीमध्ये केही निकै आतुर छन् । तर पनि दलीय हैसियतको आधारमा हेर्दा आगामी सत्ता समीकरणमा देउवा, ओली र प्रचण्डको मुख्य भूमिका रहने निश्चित छ ।