२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

नेता लिङ्देन भन्नुहुन्छ – चुनाब जितेको भोलिपल्ट संघीयता खारेज, बिदेशीसँग रिण मागेर हजारौं छोटे राजा पाल्न सकिदैन ।

साउन १०, काठमाडौ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई जनताको सेवाका रुपमा लिनुपर्ने र यसलाई पेशा व्यपार बनाउँन नहुने बताउनुभएको छ।

झापाको सुरुङ्गामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले केही राजनीतिक दलका नेताले राजनीतिलाई गलत ढङ्गले प्रयोग गरेको आरोप लगाउनुभयो।

उहाँले लोकतन्त्रलाई बलियो बनाउन राजनीतिक सेन्डिकेट अन्त्य गर्नुपर्छ भन्नुभयो। कार्यक्रममा राप्रपाका झापा जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले राजनीतिमा युवा वर्गलाई नेतृत्वमा पु¥याउनुपर्छ भन्नुभयो।

उनी भन्छन्, चुनाब जितेको भोलिपल्ट संघीयता खारेज गर्दिन्छौ, बिदेशीसँग रिण मागेर हजारौं छोटे राजा पाल्न सकिदैन।

फुटको अन्तिम संघारमा माओवादी केन्द्र ,बोल्ड डिसिजनको तयारीमा नारायणकाजी श्रेष्ठ ! सत्तारुढ दल नेकपा माओवादी केन्द्र फुटको संघारमा पुगेको छ । अब त अतीनै भयो सहनै नसक्ने गरि प्रचण्डले पाइला पाइलमा देशहित विपरितको काम गर्न थाले भनेर पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ बोल्ड डिसिजनको तयारीमा लागेका छन् ।

पछिल्लो प्रकरण नागरिकता विद्ययेक पारित भए पछि फेरी नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र वरिष्ठ नेता श्रेष्ठ विचको सम्बन्ध चिसिएको छ । पुषको ठण्डीभन्दा पनि चर्कोसँग प्रचण्ड र श्रेष्ठको सम्बन्ध चिसिएको छ ।

अलीअली गर्दै प्रचण्ड काग्रेसको पुच्छर बनेर लतारिएको र देशलाईनै धोका हुने खालको काम लगातार गर्दै गएको भन्दै श्रेष्ठ समुह अब प्रचण्डसँग वारकी पारको अवस्थामा पुगेका बताइन्छ । विशेष सुत्र बाट ओटिभी नेपाल डटकमले प्राप्त गरेका सुचना अनुसार यसरी कति दिन जान सकिन्छ ? भनेर श्रेष्ठले आफ्ना निकटस्थहरुसँग गम्भिर परामर्श थालेका छन् ।

एमसीसी पारित गर्ने बेलामा प्रचण्डले जस्तो खालको रबैया देखाए अहिले नागकिकता विद्ययेक पारित गर्ने बेलामा पनि त्यस्तै अवतार प्रचण्डले देखाएको भन्दै श्रेष्ठ आक्रोसित भएका छन् । उनले सामाजिक संजालमानै लामो स्टाटस लेखेर चर्को असन्तुष्टि व्यक्त गरेका छन् ।

माओवादी केन्द्रमा स्पष्ट दुई कित्ता देखिएको छ । नागरिकता विद्ययेक पारित हुने वित्तिकै प्रचण्ड औधी खुशि देखिएका छन् । विद्ययेक पारित भएको भोलिपल्टै उनी कुदेर जनकपुर पुगेका थिए । नागरिकता विद्ययेक पारित भएको खुशीयाली मनाउँन आफु जनकपुर आएको भन्दै प्रचण्डले हाकाहाकी भनिरहँदा यता नारायणकाजी श्रेष्ठ भने नागरिकता विद्ययेक पारित भएकोमा फायर भएका छन् ।

त्यसो त एमसीसी पास भएको बेला देखीनै माओवादी केन्द्र भित्रको विवाद पेचिलो बनेको थियो त्यसबेलै झण्डै झण्डै फुटिसकेको पार्टीलाई टालटुल गरेर प्रचण्डले बचाएका थिए । त्यस बेला प्रचण्डले सार्वजनिक रुपमै नारायणकाजीलाई बस्न मन नभए पार्टी छोडेर गए हुन्छ भनेका थिए ।

प्रचण्डबाट पटक पटक अपमानित भएर बसेका श्रेष्ठ अहिले गम्भिर मोडमा पुगेका छन् कित अब प्रचण्डले जे जे गर्छन सहेर लालमोहर लगाएर बस्ने,कित विद्रोह गर्ने मुडमा उनी पुगेको बताइन्छ । एमसीसीको चर्को विरोध गरेका श्रेष्ठले यो बिषयमा पार्टीमा कुरा समेत गर्न पाएका छैनन् ।

महाधिवेशन पछि पदाधिकारी समेत चयन नगरी एक्लै प्रचण्डले पार्टी चलाइरहेका छन् । श्रेष्ठ समूहले पटक पटक एमसीसीको विषय पेचिलो ढंगले पार्टीमा उठाउँन खोजे पनि प्रचण्डले रोकेर राखेका छन् ।

सुरुमा स्थानिय तहको चुनाव पछि यो बिषयमा कुरा गर्ने अहिले थाँति राख्ने भनेर रोकेका प्रचण्डले फेरी संघिय चुनाव पछि मात्रै कुरा गर्ने भनेर भाका सारेका छन् ।

राष्ट्रियताको विषयमा पार्टी भित्र छलफल समेत गर्न नदिने र काग्रेसले जे जे भन्यो त्यहि कुरामा ल्याप्चे लगाउँदै हिड्न थाले पछि अब प्रचण्डको बेइमानीको साझेदार बन्न हुँदैन भन्दै नारायणकाजीले आफु निकटका नेताहरुसँग गम्भिर विमर्श थालेका छन् ।

२०७९ श्रावण १०, मंगलवार प्रकाशित 0 Minutes 238 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।