
साउन ९, काठमाडौ : आउँदो प्रतिनिधीसभाको निर्वाचनमा डढेलधुराबाट प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनावी प्रतिष्पर्धा गर्ने घोषणा गरेका युवा सागर ढकाल नाइट बस चढेर डढेलधुरा तिर लागेका छन् ।
आफु डढेलधुरा हिँडेको बसको अगाडी उभिएर सागरले एउटा तस्बिर सहित लामो स्टाटस पोष्ट गरेका छन् । स्टाटसमा ढकालले प्रधामन्त्री देउवालाई हजुरबुवा भनेर सम्बोधन गरेका छन् । यस पटक हजुबुवा र नातीको भेट चुनावी मैदानमा हुने भन्दै उनले देउवालाई यस पटक चुनाव हराएर आराम गर्न दिने भनेका छन् ।
आफ्नो स्टाटस मार्फत ढकालले देउवा माथी कसिलो व्यंग्य पनि गरेका छन् । कुनै समय डढेलधुराबाट चप्पल पड्काउँदै काठमाडौँ छिरेका देउवाले अहिले जमिन नटेकेको बर्षौ भइसकेको भन्दै जमिन टेकेर चुनावी प्रतिष्पर्धामा आउँन पनि उनले देउवालाई चुनौती दिएका छन् ।
देउवा अहिले आफ्नो निर्वाचन क्षेत्रमा पाँच बर्षमा एक पटक मात्रै पुग्ने गरेको कुरा आफुले सुनेको भन्दै उनले हिम्मत भए रात्रिबसमा सँगै बसेर डढेलधुरा सम्म पुग्न पनि देउवालाई चुनौती दिएका छन् । पुरा सुरक्षाका साथ हात समातेर लैजान तयार भएको उनले भनेका छन् ।
पाँच बर्ष अघि बिविसीको साझा सवाल कार्यक्रममा प्रश्न गर्दा देउवाले तपाई बढ्ता बोल्दै हुनुहुन्छ भन्दै थर्काएका युवा हुन् सागर ढकाल । सागरको जन्मस्थान गुल्मी हो तर उनले देउवासँगै प्रतिष्पर्धा गर्ने भन्दै डढेलधुराबाट चुनाव लड्ने घोषणा गरेका छन् । सागरले डढेलधुरा जाने नाइट बस अघि उभिएर लेखेको स्टाटस यस्तो छ
चुनावको तयारिको लागि नाइट बसमा डडेलधुरा तिर लागियो !! म जहा जान्छु, चाहे त्यो नेपाल होस् या सुडान या किर्गिस्तान, ४-६ महिनामा सफल काम गर्ने मोडेल बनाएर छोडेको छु। यो पनि त्यहि प्रयासको एक अंश हो।
हामीले सकेको कम भन्दा कम खर्च गर्ने प्रयास गर्ने छौ। हेलिकप्टर र गाडिका ताति छोडेर मोटरसाइकल र साइकल मात्र प्रयोग गर्नेछौ। ठुला-ठुला सभा हलका भाषण सुन्ने कार्यक्रम पुर्ण रुपमा छोडेर चौपारि वा सडकमा, पानिसंगै रुझेर , बसेर आमाबुवा, छोराछोरी र साथिहरू संग भालाकुसारि गर्नेछौ। घोषणापत्र होइन कार्यान्वयन पत्र छिट्टै सार्वजनिक गर्नेछौ।
सिंगापुर र चिन जस्तो एक पुस्तामै आमुल कायापलट हुने गरि विकास गर्न सक्छौ कि सक्दैनौ अहिले भन्न सकिन्न र थाहा छैन तर अबको २-३ महिनामा संभावित प्रधानमन्त्री सहित चिन र सिंगापुरका जस्ता नेता १६५ क्षेत्रमा पठाउने छौ। हामी असामान्य हुनेछैनौ , सामान्य भन्दा सामान्य हुने प्रयास गर्नेछौ।
हामी यति सम्म सामान्य हुनेछौ कि गाउको जोसुकै व्यक्ति डेलिभरि गर्न सक्छ भने उ राजनितिमा आउने आंट गरोस्। सहर र गाउमा आँखाभरि सपना, चिक्ष्ण डेलिभरि गर्ने दिमाग र पिडा नै पिडा भरिएको एक युवाले हामीबाट धेरै भन्दा धेरै कुरा सिक्न सकोस् ।
तसर्थ हाम्रोरमेरो हरेक राजनितिक कदम यसरि लिइनेछ ताकि करोडौ युवाले जस्ताको तेस्तै एक एक पाइला कपि गर्न सकुन् । मेरोरहाम्रो हरेक खर्च मिति र सके समयसंगै, मिनेट र पैसामा हिसाब गरेर सार्वजनिक गर्ने छु, सबै चिज सके सम्म अनलाइन नै तिर्ने प्रयास गर्ने छु।
हरेक गाउ गाउ सहरसहरमा निसास्सिएका युवाहरुमा पुराका पुरा सुध्द हावा र स्वास फेर्ने वातावरण बनाउने छौ। आर्को पटक डडेलधुरा जादा चुनावको मिति सार्वजनिक हुनेछ। मेरो प्रतिस्पर्धि सम्मानित प्रधानमन्त्री शेरबहादुर हजुरबुवासंग डडेलधुरा लोकल
नाइट बसमा ९सुरक्षित बनाएर० हात समाएर नातिसंगै जान यहि पोस्ट मार्फत हजुरबुवालाइ अनुरोध गर्न चाहन्छु । सुन्छु डडेलधुराको बिकट गाउँबाट चप्पल पढ्काएर राजनितिमा आउनु भएको हजुरबुवाले म जन्मिएदेखि जमिन टेक्नुभएको छैन, नेपाली जनताको पिडा सत्ताको मोहमा बिर्सनु भएको छ।
परिवारबादमा सोच्न नसकिने गरि चुर्लुम्म डुब्नु भएको छ। डडेलधुरा पनि पाँच वर्षमा एक पटक जान पनि हम्मे हम्मे पर्छ रे । यस पटक उहाँलाइ जमिन टेकाउने प्रयास गर्नेछु।
हजुरबुवालाइ नातिले डोर्याएर जमिन टेकाउनेछ। जनतालाइ पिडा कति छ, कति आत्तिएका छन् भन्ने कुरा नातिले हजुरबुवाको आखा कमजोर भए पनि गाउ गाउ र सहर सहरबाट कानमा घन्किने गरि आवाज उठाउनेछ । हजुरबुवा-नातिको जोडि पनि मिल्छ।