२०७९ आश्विन १५ शनिबार
  • काठमाडौँ

१ वर्षमा साढे ३५ अर्बभन्दा बढीको सुन नेपाल भित्रियो !

साउन ९, काठमाडौं : यूनाइटेड अरब इमिरेट्स (यूएई) र टर्कीबाट नेपालमा एक वर्षको अवधिमा साढे ३५ अर्ब रुपैयाँभन्दा बढीको सुन भित्रिएको छ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८–७९ अर्थात २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा सो मूल्य बराबरको सुन नेपालले आयात गरेको हो।

सो अवधिमा यूएई र टर्कीबाट नेपालमा ३५ अर्ब ६१ करोड ९५ लाख २४ हजार रुपैयाँको सुन आएको विभागले जनाएको छ। उक्त मुल्यमा नेपालमा ५ हजार ५३ केजी सुन भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ।

अघिल्लो आर्थिक वर्ष २०७७–७८ मा विभिन्न देशबाट नेपालमा २७ अर्ब ३४ करोड ३९ लाख ५२ हजार रुपैयाँको ३ हजार ९२४.५ केजी सुन भित्रिएको थियो।

२०७९ श्रावण ९, सोमबार प्रकाशित 0 Minutes 177 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।