२०७९ श्रावण २२ आईतवार
  • काठमाडौँ

भिम रावल भन्नुहुन्छ – सरकारले सुन्न छाेडेकाे हाे ? कानकाे उपचार गर्नुपर्ने भयाे !

साउन ९, काठमाण्डौ : नेकपा एमालेका सांसद भीमबहादुर रावलले एसपीपीको सम्बन्धमा अमेरिकालाई पत्र लेखेको अवस्थाको बारेमा संसदलाई जानकारी दिन सरकारले आना:कानी गरेको बताउनुभएको छ ।

आज आइतवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद रावलले अमेरिकी स्टेट पार्टन’रशिप प्राेग्राम (एसपीपी) सम्झौता कार्यान्वयन नगर्ने सरकारको निर्णय अमेरिकालाई जानकारी नगराइएको बताउनुभयो ।

उहाँले पत्र पठाए–नपठाएको सम्बन्धमा संसदमा जानकारी गराउन सभामुखले गरेको निर्देशन पनि सरकारले नमानेको बताउनुभयो । सभामुख र संसदीय समितिको निर्देशन सरकारले नसुनेको भन्दै उहाँले सरकारले श्रवणशक्ति गु-माएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, एसपीपीको सम्बन्धमा सरकारको निर्णयको कार्यान्वयनको अवस्था र पत्र पठाएको अवस्थाको सम्बन्धमा के छ भनेर सदनलाई जानकारी गराउनका लागि सभामुखले निर्देशन दिनुभएको आज पाँच दिन बित्यो ।

सरकार कहाँ छ ? यो देशमा छ ? कि कतै छ ? अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्णय नमान्ने । सभामुखले दिएको निर्देशन पनि नसुन्ने । होइन सरकारले कहिलेदेखि कान सुन्नलाई श्रवणशक्ति गुमायो ? भन्ने प्रश्न उठ्छ कि उठ्दैन ?

रो’स्ट्रमबाट बोल्दा अलिकति सुन्छ कि भनेको, सरकारको कानको उपचार त राम्ररी गर्नुपर्ने भयो । नेपाली जनताले चुनावमा गर्छन् कि हेरौँ । सांसद रावलले बेलायतमा रहेका भुतपूर्व गोर्खा सैनिकको समस्या समाधानमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

विगत लामो समयदेखि भुतपूर्व गोर्खा सैनिक भर्ती सन्धि असमान र अप-मानजनक रहेकोले खा-रेजीको मागसहित आन्दोलित भएको भन्दै उहाँले त्यो विषय नेपालको स्वा-धीनता स्वाभिमान र हितसँग गाँसिएको विषय भएको बताउनुभयो ।

सरोकारवालासँग छलफल गरी समस्या समाधानमा सरकारले पहलकदमी लिनुपर्ने उहाँको भनाइ छ । सांसद रावलले यस सम्बन्धमा सरकारले अहिलेसम्म गरेका काम, का’रबाही संसदलाई जानकारी गराउन पनि माग गर्नुभयो ।

२०७९ श्रावण ८, आईतवार प्रकाशित 1 Minute 115 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार