२०७९ भाद्र १ बुधबार
  • काठमाडौँ

धरानका मेयर साम्पाङ्ग, प्रचण्ड गर्मी पसिनाले भिजेका मैला गनाउने लुगामा श्रमदान गर्दै !

साउन ८, काठमाडौ : देशकै सर्वाधिक चर्चित धरान उपमहानगर पालिकाका मेयर हुन् हर्क साम्पांग । चुनाव अघि आफुले गरेको प्रतिबद्दता पुरा गर्न खह्रो रुपमा उत्रिएका

हर्कले जनताको साथ पनि उतिकै रुपमा पाइरहेका छन् ।
पकुवा खोलाको पानी सर्दुमा झारिसकेपछि अब निशाने खोलाबाट धरानमा पानी ल्याउने भएका छन् । खानेपानीको साथमा धरानलाई सुन्दर,ब्यवस्थित सहर बनाउनका लागि पनि हर्क लागि परेका छन् ।

मेयर हर्क साम्पांगले फेसबुकमा लेखेका छन् –

आह ! कति मिठो बासना दिनभर पसिनाले भिजेको मेरो मैलो लुगाको ! जय श्रमदान !

थप समाचार, सिन्धुपाल्चोक : चीनसँगको नाका तातोपानी भन्सारबाट गत आर्थिक वर्ष २०७८-०७९ मा तीन अर्ब ४२ करोड राजस्व सङ्कलन भएको छ । यो लक्ष्यभन्दा दोब्बरभन्दा बढी हो ।

को’रोना महामा’री, बाढीपहिरो तथा चीनबाट सामग्री आयातमा कमीलगायत विविध समस्याका बाबजुत गत आर्थिक वर्षको असारसम्म दोब्बरभन्दा बढी राजस्व सङ्कलन भएको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिए ।

उनका अनुसार लक्ष्य एक अर्ब ४६ करोड रहेकामा तीन अर्ब ४२ करोड अर्थात् २ सय ३३ प्रतिशत राजस्व उठेको हो ।
सामान आयात, मापद’ण्डको पालना र व्यवसायीलाई दिइएको प्रशिक्षण लगायतका कारणले सोचेकोभन्दा राम्रो सङ्कलन भएको प्रमुख भन्सार अधिकृत गौतमको भनाइ छ ।

त्यस्तै भन्सारले अवलम्बन गरेको शीघ्र जाँचपासका प्रणाली तथा सेवा प्रवाहमा चुस्त दु’रुस्त भएका कारण पनि उप’लब्धिको पाटो राम्रो रहेको प्रमुख भन्सार अधिकृत गौतमको तर्क छ ।

सङ्कलित राज’स्वमध्ये मासिक औसत ३० करोड रहेको छ । अघिल्लो आर्थिक वर्षको लक्ष्य चार अर्ब ५० करोड रहेकामा एक अर्व दुई करोड उठेको थियो । आगमी वर्ष भने लक्ष्य चार अर्ब ६२ करोड रहेको उनले जानकारी दिए ।

उनका अनुसार चीनबाट आयात हुने सामग्री बोकेका कन्टेनरहरू आउने क्रम निकै कम छ । मेशिनरी, रोलकपडा तथा स्याउलगायत वस्तु आयात हुने उक्त नाकाबाट दैनिक कहिले चार र कहिले आठसम्म कन्टे’नर आउने गरेको उनले बताए ।

प्रमुख भन्सार अधिकृत गौतमका अनुसार अरूको अनु’पातमा रोल कपडा बढी आउने गरेको छ । त्यसपछि स्याउ तथा मेशिनरी उपकरणहरू आयात भएको छ । चाडपर्वका ल्याउने सामग्री बढी आउँदा र नाका अलि सहज भएको खण्डमा लक्ष्यमा पुग्न सक्ने सम्भावना रहेको समेत उनले बताए ।

सडकको कारणले लोड गरिएका कन्टेनर भ्यानहरू नआएकोभन्दा पनि चीनबाटै आयतमा कमी भएको गौतमले जानकारी दिए । सरकारले जोडदार पहल गरेर नाका सहज सञ्चालन हुने वातावरण बनाउनुपर्ने पत्रकार दिनेश दुलाल बताउँछन् । भूकम्पअघि यस नाकाबाट दैनिक डेढ करोड रुपैयाँसम्म राज’स्व असुली हुँदै आएको थियो । -रासस

२०७९ श्रावण ८, आईतवार प्रकाशित 1 Minute 73 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार