
साउन ८, काठमाडौं : गत आर्थिक वर्ष २०७८–७९ मा ८११ वटा म्यानपावर कम्पनीले नेपालीहरुलाई वैदेशिक रोजगारीमा पठाएको पाइएको छ।
वैदेशिक रोजगार विभागका अनुसार उनीहरुले ५ लाखभन्दा बढीलाई नेपालबाट विभिन्न देशमा रोजगारीको लागि पठाएका छन्। विभागले सार्वजनिक गरेको विवरणअनुसार गत वर्ष नेपालबाट वैदेशिक रोजगारीको सिलसिलामा सबैभन्दा बढी
कामदार पाराडाइज इन्टरनेसनल प्रा.लि.ले पठाएको छ।पाराडाइजले एक वर्षको अवधिमा ६ हजार ५५ जनालाई नेपालबाट वैदेशिक रोजगारीमा पठाएको छ। पाराडाइजलेपछि सबैभन्दा बढीलाई वैदेशिक रोजगारीमा पठाउनेमा एसओएस म्यानपावर सर्भिस प्रा.लि. रहेको छ।
एसओएसले गत वर्ष ५ हजार ७२४ जनालाई वैदेशिक रोजगारीमा पठाएको छ। वैदेशिक रोजगारीमा सबैभन्दा बढी पठाउने सूचीको तेस्रो र चौथौं नम्बरमा अक्सफोर्ड
इन्टरनेसनल प्रा.लि. र लिंक इन्टरनेसनल प्लेसमेन्ट सर्भिस प्रा.लि. रहेका छन्।विभागका अनुसार अक्सफोर्डले ४ हजार १८८ र लिंक इन्टरनेसनलले ३ हजार ६७२ जनालाई विभिन्न देशमा पठाएका छन्।
यस्तै,डिवान कन्सल्ट्यान्ट्स प्रा.लि.ले २ हजार २७१,फजल इन्टरनेसनल प्रा.लि.ले २ हजार ७६३,साउण्डलाइन्स रिक्रुटमेन्ट प्रा.लि.ले २ हजार ७४२,मोभिरा रिक्रुटमेन्ट कन्सल्टेन्सी सर्भिस प्रा.लि.ले २ हजार ५९० र लक्की एच.आर.सोलुसन प्रा.लि.ले २ हजार ४५९ जनालाई गतवर्ष वैदेशिक रोजगारीमा पठाएको छ।
विभागको तथ्याङ्कअनुसार गतवर्ष इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्ट प्रा।लि।ले २ हजार ३३३, भिजन एण्ड एम्प, भ्यालु ओभरसिज प्रा।लि।ले २ हजार ३०१,एडभान्स्ड म्यानेजमेन्ट कन्सल्टेन्ट्स प्रा.लि.ले २ हजार २३१,मोन्टाज ओभरसिज प्रा।लि।ले २ हजार २१७ र ट्यालेन्ट ओभरसिज् सर्भिसेज प्रा.लि.ले २ हजार १४७ जनालाई वैदेशिक रोजगारीमा पठाएको छ।
अल शाहिद ओभरसिज प्रा.लि.ले १ हजार ९८२,सान नेपाल प्रा.लि.ले १ हजार ९४१,निल कमल ह्युमन रिर्सोस प्रा.लि.ले १ हजार ७९२,सर्पोट ह्युमन रिर्सोसेज प्रा.लि.ले १ हजार ७२९,अल कौसार ह्युमन रिसोर्स प्रा.लि.ले १ हजार ६०५ र
ए.एस.इन्टरनेसनल ग्रुप प्रा.लि.ले १ हजार ५९१ जनालाई वैदेशिक रोजगारीमा पठाएको विभागले जनाएको छ। विभागका अनुसार गत आर्थिक वर्ष २०७८–७९ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीमा जान कूल ५ लाख ६७ हजार ८३९ जनाले श्रम स्वीकृति लिएका थिए। प्रवास खबर