२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

दुर्गा प्रसाई भन्नुहुन्छ – नरेन्द्र मोदी र सि जिनपिङलाई सँगै राखेर कुनै दिन मार्सी भात खुवाउँछु ।

साउन ८, काठमाडौं : नेकपा एमालेका नेता तथा व्यवसायी दुर्गा प्रसाईले आफूमा मोदी र सि जिनपिङलाई सँगै राखेर कुनै दिन मार्सी भात खुवाउँने तागत रहेको बताएका छन्।

आफू व्यापारी भएपनि देश चलाउन सक्ने आँट र क्षमता भएको भन्दै प्रसाईले भने, केपी ओली र प्रचण्डलाई मार्सी भात खुवाउनेमात्रै होईन, कुनै दिन नरेन्द्र मोदीसँग पनि डिनर खाएको फोटो आयो भने आश्चर्य नमाने हुन्छ।

मोदी र सि जिनपिङलाई सँगै राखेर कुनै दिन मार्सी भात खुवाउँछु। म सँग त्यो तागत छ । त्यो बेला पनि आईसकेको छ । यो त समयको माग हो’ उनले भने, कसैले पत्याएको थियो त दुवइको राजपरिवारको सदस्य मैले ल्याएर देखाएँ।

प्रसाईंले गगन थापालाई भने राजनीतिक माफियाको संज्ञा दिंदै भने, ‘माफिया भनेको त गोविन्द केसी, गगन थापा, नारायणकाजी, गिरिराजमणि पोखरेल यिनीहरु माफिया हुन्।

उनले गगन थापाको विरुद्धमा आफ्नो भतिजो अर्जुन प्रसाईले उम्मेद्धवारी दिने बताए। झापा ३ मा एमाले र राप्रपाको गठबन्धन भयो भने आफूले स्वतन्त्र उम्मेद्धवारी दिने घोषणा गरेका छन्। स्कट नेपाल

२०७९ श्रावण ८, आईतवार प्रकाशित 0 Minutes 212 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।