२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

लालबाबु पण्डित भन्नुहुन्छ – हामी नेपाली नागरिकता बेच्न सक्दैनौ ।

साउन ८, काठमाडौ : नेकपा एमालेका सांसद लालबाबु पण्डितले नेपालले नेपाली नागरिकता बेच्न नहुने बताएका छन् । नागरिकतासम्बन्धी ऐन पहिलो संशोधन विधेयकमाथिको

संशोधन प्रस्ताव पेश गर्दै उनले नेपाली नागरिकता दिने प्रावधान सजिलो बनाउने नाममा बेच्न नहुने बताएका हुन् । नागरिकता लुरुलुरु आयो, खुरुखुरु आयो भन्ने हिसाबले पनि बुझ्नुहुँदैन ।

दोहोरो नागरिकता कुनैपनि हालतमा सम्भव छैन, पण्डितले भने, नेपालमा जाली प्रमाण दिएर नागरिकता लिनेहरुको सरकारले खारेज गर्दै आएको छ । वैवाहिक अंगिकृतलाई ७ वर्षको प्रावधान राख्नुपर्छ ।

उनले नेपाली चेली भारतमा विवाह गरेर जाँदा उनीहरुलाई सात वर्ष कुनुपर्ने त्यहाँ व्यवस्था भएको भन्दै हामीले त्यो भन्दा छिटो कसैलाई नागरिकता दिन जरुरी नभएको बताए ।

कतिपय मुलुकले नागरिकता बेचेका र कतिपयले धेरै नागरिकता लिने गरेका छन् । हामी नागरिकता बेच्ने काम गर्न सक्दैनौ । नागरिकतालाई सजिलो बनाउने भन्दा पनि आवश्यकलाई दिनुपर्ने अवस्था बनाउनुपर्छ, पण्डितको भनाइ छ ।

२०७९ श्रावण ८, आईतवार प्रकाशित 0 Minutes 239 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।