२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

जुवाले घरबार उठीबास, मिटर ब्याजीले ज्यान नै लिने त्रा’स !

साउन ७, काठमाडौ : झापामा जुवा खेलाउने र सोही समुहले चर्को मिटर ब्याजमा पैसा लगाउने गरेको रहस्य बाहिर आएको छ । जुवा खेलाउने समुहले आफै उस्काउने र महँगो मिटर ब्याजमा पैसा लगानी गरी चेक काट्न लगाएर चेक

बाउन्स गर्नुका साथै पैसा असुल्नका लागि मानिसलाई अप-हरण कु’ट-पि’ट समेत गर्ने गरेको पाइएको हो । सो कार्यमा प्रहरीले समेत सहयोग गर्ने गरेको पी-डितहरु बताउँछन् ।झापा गाउँपालिका–३ सिमलवाडीका ४० वर्षीय अशोक राईको

अहिले जुवाले सर्वस्व गु’म्नुका साथै ज्यानै जो’खिममा परेको छ । आफूले लिएको पैसाका मिटरब्याजीहरुले अनेक हत्क’ण्डा अपनाएर उनलाई घर न घा’टको बनाउनुका साथै ज्यानै जो-खिममा परेको उनी बताउँछन् । सोही क्रममा चेक बाउन्सको मुद्दा लिएर प्रहरी र बाउन्स गराउने समुह नै बिहान घरमा राईलाई पक्रन आयो ।

त्यसपछि गाउँलेसग झडप भयो । त्यसपछि मात्र राईका परिवारले जुवा र मिटर व्याज काण्ड थाहा पाए । केही समय अघि उनलाई दमकको एक होटलमा मरणासन्न हुने गरी कु’ट-पि’ट गरे । एउटा चेकमा बनाउन लगाए ।

मरणासन्न हुनेगरी कुट्यो, कानको जाली फुटेर बिएण्डसीमा उपचार गराएँ, धरानमा पनि एक साता बसे, राईले भने, ‘दमकको घरजग्गा, सुरुङ्गाको भिटासँगै भएभरको सम्पत्ति गयो, अहिले ज्या’न नै जो’खिममा परेको छ ।

झ-डपछि पक्रा’उ गर्न आउने दमक–५ का विशाल पौडेल सामान्य घाइ-ते समेत बनेका छन् । सिभिलमा इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव निरिक्षक भीम श्रेष्ठ नेतृत्वको टोली र रकम लिने समुह शनिबार बिहान राईको घरमा विहान ४ बजेको समय पुगि जवरजस्ती राईलाई लैजान खोजेपछि घर परिवार र स्थानीयबासीले प्रतिकार गरेको राईका पिता दिपक राईले बताए ।

दमकका नामुक जुुवा घरका संचालक समेत रहेका पुर्णप्रसाद रिजालले आफुलाई घरमा जुवा खेल्न बोलाई केही पैसा सापट दिएको र पछि मिटर व्याज जोडेर आफुले साँबा र ब्याज रकम तिरिसक्दा समेत थप ८ लाख रुपैँयाको चेक दमकको होटल हाइवेमा लगेर काटन लगाएको पिडित अशोक राईले आज पत्रकार सम्मेलनको आयोजना गरि बताउनुभएको छ ।

कुटपिटबाट बिरामी भएकाले घरमै औषधि गरेर बसिरहेको बेलामा तिरिसकेको रमकको समेत चेक बाउन्स गरेर प्रहरी समेतलाई आर्थिक प्रभावमा पारेर राती घरमै नियन्त्रणका लागि आएको राईकी श्रीमती कमला लिम्बुले बताउनुभयो । दमकको रिजाल लगायात सोम खनाल, कमल खनाल, दुुर्गा पौडेल

लगायातले खेलाएको जुवा खालबाट आफुले ३ बर्षभित्रमा ५ करोड भन्दा वढी रकम सकाएको राईले बताउनुभयो । आफुले यस बीचमा दमकमा रहेको घर डेढ करोडमा विक्री गरेको तथा कनकाई नगरपालिका ३ मा रहेको २ कठ्ठा माटो झापा गाउँपालिका ३ मा रहेको १ बिगाह जमिन समेत

विक्री गरेर सबै पैसा जुवामा सकाएको पिडित राईले बताउनुभयो । सो गिरोहले सुरुमा जतिपनि पैसा सापटी दिने र पछि प्रहरी समेतको संग्लनतामा महगो ब्याज जोडेर चेकमा सहि गर्न लगाउने गरेको पाइएको छ । जुवा खेलाउने गिरोहसग प्रहरीको राम्रो साँठगाठ समेत रहने गरेको जानकारहरुको भनाई छ ।

इलाका प्रहरी कार्यालय दमकले आफ्नो क्षेत्राधिकार मिचेर झापा गाउँपालिका ३ सिमलवाडीमा अपहरण शैलीमा विहान प्रहरी पठाएको राई परिवारको गुनासो रहेको छ । यसवारेमा इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुुख दिलिप गिरीले

उजुरी दमकमा परेका कारण प्रहरी चेक वाउन्सको पक्राउ पुर्जीको कार्यान्वयन गर्न गएको बताउँनुभयो । प्रहरीले त्यहाँको स्थानीय प्रहरीसग संचार सेटबाट समन्वय गरेको समेत गिरीले बताउँनुभयो ।

यता झापामा पछिल्लो समय जुवा र मिटर व्याजको गिरोहहरुका कारण सयौ घरपरिवार विचल्नीमा परिसकेको भन्दै यस्ता अपराधिक समुहको सरक्षण प्रहरीले गरिरहेको राई परिवारले बताएको छ ।

मसग भएको सबै सम्पत्ति पनि सकियो अझै पनि चेक बाउन्स भनेर दुख दिने काम भइरहेको छ यही तरिका हो भने हामी परिवारलेनै आत्महत्या गर्नुको विकल्प छैन, राईले भने । महगो मिटरब्याजको रकम उठाउन प्रहरी र गु’ण्डाको प्रयोग उक्त गिरोहले गर्ने गरको राईले बताउनुभयो ।झापा अन्लाईन

२०७९ श्रावण ७, शनिबार प्रकाशित 1 Minute 462 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।