२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

रवि लामिछाने भन्नुहुन्छ – मलाई राजनीति गर्न आउँदैन, गर्नु पनि छैन मात्रै इच्छा देशको बिकास !

साउन ७, काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई राजनीति गर्न नआउने बताएका छन्।
पोखरामा आयोजित गण्डकी प्रदेशको भेलालाई सम्बोधन

गर्दै लामिछानेले आफूलाई राजनीति नआउने र बेथिति विरुद्धको आन्दोलन गर्न आउने बताएका हुन्। यसलाई राजनीति आउँदैन भन्दैछन्। हो, मलाई राजनीति आउँदैन र राजनीति गर्नु पनि

छैन, उनले भने, मलाई विदेशमा बेचिएको चेलीलाई नेपाल
ल्याउन आउँछ राजनीति आउँदैन, मलाई यहाँ ठगिएको मान्छेलाई जेलभित्र कोच्ने नीति बनाउन आउँछ राजनीति आउँदैन।

कुनै लोभ डर नराखी आम सर्वसाधारणको जीवन बदल्न सकिन्छ भनेर राजनीतिमा आएको पनि उनले बताए।
सिद्धान्तका मोटा किताब लेख्न मसी सकिएको होइन, हामी त्यस्ता मसीमा विश्वास गर्दैनौं, लामिछानेले भने।

थप समाचार, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पुष्पलाल र अन्य अग्रजहरूले देखाएको बाटोबाट विचलित नहुने बताएका छन् ।

आज (शनिबार) नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पुष्पलालले देखाएकै मार्गमा अहिले आफूहरु बलियो भएको दाबी गरे ।

अहिले देशको परिवर्तनकारी र बलियो शक्ति पुष्पलालले नै स्थापना गरेको पार्टी नेकपा एमाले हो, उनले भने, देशको सबैभन्दा सचेत, संगठित, सबल, विस्तृत, परिवर्तनकारी शक्ति नै एमाले रहेकोले पार्टीलाई थप सशक्त बनाएर अघि लैजान्छौँ ।

उनले समृद्ध नेपाल, सुखी नेपाली बनाएरै छोड्ने समेत बताए । म एमालेका अध्यक्ष भएको हैसियतमा भन्न चाहन्छु, पुष्पलाल र अरु अग्रजहरूले देखाएको बाटोबाट अलिकति पनि विचलित हुनेछैन, उनले थपे, नेपाली समाजलाई समृद्ध र सुखी नेपाली बनाएर छोड्ने संकल्प फेरि पनि दोहोर्याएको छु ।

अघिल्लो सरकारको नेतृत्वमा रहँदा ओलीलै समृद्ध नेपाल सुखी नेपालीको नारा अगाडि सारेका थिए । एमालेले आज पुष्पलालको ४४ औं स्मृति दिवस मनाएको छ । सो अवसरमा अध्यक्ष ओलीले पुष्पलालको सालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरेर श्र’द्धा व्यक्त गरे ।

२०७९ श्रावण ७, शनिबार प्रकाशित 1 Minute 294 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।