२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

अनुगमनमा मेयर साह, वडाध्यक्ष मुकुन्द सहित बिहानै स्वयम्भू क्षेत्रमा पुगे !

साउन ६, काठमाडौं : पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले महानगरका ठाउँहरुको स्थलगत निरीक्षणलाई तिव्रता दिएका छन् ।

हिजो साझँ मात्र काठमाडौंको बानेश्वर वरपरका क्षेत्रका फुटपाथ व्यपारीहरुलाई भेटेर फुटपाथमा व्यापार नगर्न आग्रह गरेका मेयर बालेन आज बिहानै काठमाडौं महानगरपालिकाको स्वयम्भु वरपरको क्षेत्रको स्थलगत अनुगमनमा निस्किएका छन् ।

बालेनले काठमाडौं महानगरपालिका वडा नं १५ का वडा अधक्ष्य ईश्वरमान डंगोलले तथा वडा नं १६ का वडा अध्यक्ष मुकुन्द रिजाल लगायतका टोलीसहित सो क्षेत्रको अनुगमनमा निस्किएका हुन् ।

बालेन स्वयमले मिडिया सामु कुनै प्रतिक्रिया नदिएता पनि सँगै रहेका वडा नं १६ का वडा अध्यक्ष मुकुन्द रिजालले नेपाल प्रेसलाई जानकारी गराए अनुसार सो क्षेत्रका सार्वजनिक सम्पत्ति पार्क, हिटी,सडक लगायतका पूर्वाधारहरुको स्थलगत

अनुगमनका निमित्त सो टिम त्यहाँ पुगेको हो ।
चमति, रोपवे मार्ग, जोरोल, ऐराहिटी, अन्नपूर्ण, बनस्थली, भगवान पाउ लगायतका क्षेत्रको अनुगमन गरेपछि

राजकुलो र सानातिना खोलालाई अतिक्रमण गरी बनेका घरटहराहरूको निर्माणले गर्दा र अनविज्ञ प्राबिधिकबाट बनेका ढल तथा बाटोले गर्दा डुबान भई रहेको निष्कर्ष निकालिएको वडा नं १५ का वडा अधक्ष्य ईश्वरमान डंगोलले जनाएका छन् ।

२०७९ श्रावण ६, शुक्रबार प्रकाशित 0 Minutes 237 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।