२०७९ आश्विन १५ शनिबार
  • काठमाडौँ

सिङापुरमा एक नेपालीलाई १० वर्ष जेल स’जाय !

साउन ७, काठमाडौं : ठगीको आरोपमा सिंगापुर पुलिस फोर्समा कार्यरत एक नेपालीलाई १० वर्ष जेल स-जाय भएको छ। ३६ वर्षीय विकास गुरुङले सिंगापुरमा कार्यरत १९६

जनासँग पैसा नेपालमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा सिंगापुरको एक अदालतले १० वर्षको जेल स-जाय तोकिएको हो। उनलाई ५४ लाख सिंगापुर डलर ठगी गरेको आरो-प लागेको छ ।

अहिले उनी पुर्पक्षका लागि जेल’मा छन्। विकासलाई सन् २०१८ देखि नै सेवाबाट बर्खास्त गरिसकिएको छ। अनलाइन सट्टेबाजीमा पैसा लगाउने लतमा फसेका उनले विभिन्न व्यक्तिसँग पैसा लिंदै बाजीमा लगाउने गरेको पाइएको छ।

अनलाइन सट्टेबाजीमा लगाइएको यो हालसम्मकै उच्चतम रकम भएको समाचारमा उल्लेख छ। विकासले राम्रो दरभाउमा पैसा नेपाल पठाइदिन्छु भन्दै पैसा लिने गरेको पाइएको थियो।

आफूले लिएमध्ये दुई लाख डलरभन्दा बढी रकम मात्र नेपाल पठाएको र अरू पैसा उनले ठगी गरेको आरोप लागेको थियो। उनले प्रति व्यक्ति दुई हजार डलरदेखि दुई लाख ४० हजार डलरसम्म ठ-गी गरेको भेटिएको प्रहरीले जनाएको छ।

साथीहरूमाझ उनी भरपर्दो तरीकाले राम्रो डलर भाउमा पैसा नेपाल पठाउने संयन्त्र मिलाउन सक्ने व्यक्तिका रूपमा चिनिन्थे। तर, उनी सन् २०१६ मा फूटबलमा सट्टे-बाजी गरी नराम्ररी पैसा गुमा-उन पुगेका थिए।

उनले सिंगापुरबाट सामान किनेर नेपालमा महँगोमा बेच्दा नाफा हुने र सो नाफाका कारण सिंगापुर डलरको प्रचलित विनिमय दरभन्दा धेरै पैसा दिने लोभ देखाउँदै पैसा लिने गरेका थिए। एक जना अधिकृतले सन् २०१८ मा उजुरी गरेपछि उनको ठ: गी धन्दाबारे अनु-सन्धान थालिएको थियो।

२०७९ श्रावण ७, शनिबार प्रकाशित 1 Minute 254 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।