२०७९ भाद्र १ बुधबार
  • काठमाडौँ

पद बाट बाहिरिएको महिना दिन नबित्दै सिंहदरबारमा फेरि शर्माको इन्ट्री !

साउन ६, काठमाडौं : अर्थमन्त्रीबाट हटेको महिनादिन नबित्दै जनार्दन शर्माको सिंहदरबारमा फेरि इन्ट्री भएको छ । अहिले शर्मा मन्त्रीको रुपमा नभई संसदीय विशेष छानबिन समितिको बैठकमा बयान दिन सिंहदरबार छिरेका हुन् ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रालयमा अनाधिकृत व्यक्तिको घुसपैठ नभएको जिकिर गरेका छन् । संसदीय समितिमा बयान दिन सिंहदरबार पुगेका तत्कालीन अर्थमन्त्री शर्माले अर्थमन्त्रालयमा बाहिरको मान्छे पस्ने कुनै सम्भावना नरहेको दावी गरेका हुन् ।

बाहिरको मान्छे पसे सजिलै थाहा हुने बताए । उनले छानविन समितिमा बयान दिँदै भने,त्या को भित्र आयो को गयो भन्ने कुरा सजिलै थाहा हुनसक्छ । त्यहाँ सुरक्षाकर्मीहरु हुन्छन अरु मर्यादापलकहरु हुन्छन । बाहिरको मान्छे पस्ने कुनै सम्भावना छैन । पसेको भएक थाहा भैहाल्थियो ।

उनले सिसीटिभी फुटेज कहिलेसम्म रहन्छ भन्ने जानकारी मन्त्रीलाई जानकारी नहुने बताए । उनले भने,भिडियो कहिले सम्म रहन्छ के हुन्छ त्यो बारे मलाई केहि जानकारी थिएन ।

समितिका ११ जना सदस्यहरु नै बैठकमा उपस्थित भएका छन् ।बुधबार अर्थमन्त्रालयमा बाह्य व्यक्तिको प्रवेशका बारेमा समाचार लेख्ने दुई पत्रकारसँग छलफल समितिले छलफल गरेको थियो ।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९र०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आ-रोप लागेको छ ।

उक्त आरोपबारे छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको थियो । आज समिति गठन गरिएको १० दिन पूरा भएको छ । समितिले छानबिनका लागि समय अपुग भएको भन्दै सात दिन म्याद थप गर्नका लागि सभामुखसँग आग्रह गर्ने तयारी गरेको छ ।

२०७९ श्रावण ६, शुक्रबार प्रकाशित 1 Minute 252 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार