२०७९ श्रावण २२ आईतवार
  • काठमाडौँ

मेयर साह रोकिएनन निकै रफ्तारमा, कुलमानलाई समेत छाडेनन् !

साउन ६, काठमाडौ : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले केयुकेल र कुलमान घिसिङ प्रमुख रहेको विद्युत प्राधिकरणलाई समेत नछाडेको खबर छ ।

ब्याक टु ब्याक स्टेड फरवार्ड कदम चाल्दै आएका बालेन केयुकेल र प्राधिकरण नेतृत्वमाथि खनिएका छन्।
केयुकेएल खानेपानी वितरणका लागि खनिएका सडक कालोपत्रे नगरेको र प्राधिकरणले बिजुलीको तार

भूमिगत गरेपछि छाडिएको सडक कालोपत्रे नगरेको भन्दै केयुकेएल र प्राधिकरणमाथि खनिएका हुन् ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह केयुकेल र विद्युत प्राधिकरणमाथि खनिएका छन्।

केयुकेएल खानेपानी वितरणका लागि खनिएका सडक कालोपत्रे नगरेको र प्राधिकरणले बिजुलीको तार भूमिगत गरेपछि छाडिएको सडक कालोपत्रे नगरेको भन्दै केयुकेएल र प्राधिकरणमाथि खनिएका हुन् ।

वडा नं. १३, १४, १५ र २६ का सडक खानेपानी वितरणका लागि भन्दै खनिएका छन् । तर, लामो समय बिते पनि कालोपत्रे नभए पछि उनले कहिले कालोपत्रे हुन्छ भन्दै प्रश्न गरेका हुन् ।

यसैगरी खानेपानीको पाइप बिछ्याउन सहमति माग भइआएका वडा नम्बर २, ३, ४ र ५ को काम कसरी हुँदैछ ? काठमाडौं उपत्यका खानेपानी लिमिटेडका पदाधिकारीलाई उनले प्रश्न गरे ।

विद्युत् प्राधिकरणका पदाधिकारीलाई वडा नम्बर ३ रानीबारी क्षेत्र, वडा ४ को बालुवाटार, विशालनगर, धुम्वाराही क्षेत्र, वडा ५ को हाँडीगाउँ, मालीगाउँ, कालोपुल क्षेत्र, वडा २६ को नयाँ बसपार्क क्षेत्रमा बिजुलीको तार भूमिगत गरेपछि छाडिएको सडक कहिलेसम्ममा पुनःस्थापना हुन्छ भन्ने प्रश्न गरे ।

बैठकमा सडक विभाग, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना का-र्यान्वयन निर्देशनालय, विद्युत् प्राधिकरणलगायत कार्यालयका पदाधिकारीले बर्खायाममा सडक कालोपत्रे गर्न नसकिने बताएका थिए ।

पाइप तथा बिजुलीका तार बिछ्याउन खनिएका सडक पानी पर्न छाडेपछि कालोपत्रे हुने उनीहरूले भनाइ राखे । प्रमुख साहले सहर व्यवस्थापनका लागि आचरण सुधारको खाँचो रहेकामा पनि जोड दिए ।

सेवा प्रदायक तथा लाभग्राहीको व्यवहारमा परिवर्तन ल्याउन सक्ने हो भने सहरी सेवा तथा सुविधा व्यवस्थापनमा परिवर्तन आउने उनले धारणा थियो ।

प्रमुख शाहले भने, सडक, खानेपानी, ढल निकासजस्ता भौतिक पूर्वाधारको सञ्जाल, बिजुली, टेलिफोन तथा इन्टरनेट सेवाप्रदायकको तार सञ्जाल, फोहरमैला व्यवस्थापनजस्ता कामका लागि पहिला सफ्टवेयरमा काम गरौँ, त्यसपछि हार्डवेयरमा काम गर्नुपर्छ ।

२०७९ श्रावण ६, शुक्रबार प्रकाशित 1 Minute 376 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार