२०८० आश्विन १५ सोमबार
  • काठमाडौँ

एयु एभिसनको भियतनाम बाट चार्टर्ड जहाज भैरहवा विमानस्थलमा आउँदै !

साउन ७, काठमाडौं : भियतनामबाट हाई एयू एभिएसनको एक चार्टर्ड जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आगामी २७ तारीखमा आउने गरी सो जहाजले अनुमति लिएको छ ।
विमानस्थलका प्रमुख गोविन्द दाहालका अनुसार यो जहाज

आउँदा रित्तै आउनेछ, र्फकंदा २ जना यात्रु लगेर फर्कने भएको छ । यो विमानस्थलबाट अहिले जजिरा एयरवेजले मात्र नियमित उडान गरिरहेको छ ।

यसअघि भारतीय सेनाको जहाज अवतरण गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सले काठमाडौंबाट परीक्षण र उद्घाटन उडान गरेको थियो । त्यसबाहेक अन्य उडान भएको छैन ।

२०७९ श्रावण ७, शनिबार प्रकाशित 0 Minutes 384 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।