२०८० जेष्ठ २२ सोमबार
  • काठमाडौँ

मेयर बालेन आफै उत्रिए फिल्डमा, बाटोमा ब्यापार गर्नेहरुलाई हात जोड्दै भनेपछि देश बिदेशमा प्रशंसा !

साउन ६, काठमाडौं : मेयर बालेन्द्र साह आफैँ फरक शैलीमा फुटपाथमा छड्केमा निस्किएका छन् । काठमाडौंको फुटपाथ व्यापार नियन्त्रण गर्न मेयर बालेन्द्र साह स्वयम् सडकमा निस्केका हुन् ।

आज बेलुकी उनले बानेश्वरका सडकमा पसल थापेर बसेका फुटपाथ व्यापारीलाई आफैंले भेटेर सम्झाउने प्रयास गरे । बेलुकी ७ बजेतिर केही सहयोगीसहित साह सडकमा निस्केका हुन् ।

उनलाई सडकमा देख्नासाथ मानिसहरु भिड लागेर फोटो÷भिडियो खिच्न थाले । केही व्यक्तिहरु बालेन बालेन भन्दै हुटिङ गरिरहेका थिए । चिच्याइरहेका थिए । साह भने व्यापारीलाई सम्झाउन र थर्काउन व्यस्त भए ।

ठेलामा तरकारी बेचिरहेका एक व्यापारीलाई पाखुरामा समात्दै उनी सोध्छन्, ‘यसरी बाटोमा ठेला राख्न पाइयो हजुर ?
पसलहरु सबै खाली छन् । पसलमा कसैले भाडा लिदैन । तपाईंहरुले बाटोमा गरेर कमाउनुहुन्छ भने थोरै भाडा तिरेर पसलमा गर्नुस् ।

एम्बुलेन्स हिँड्छन् तपाईंले रोकिदिनुभयो भने कस्तो हुन्छ ? है सर । बालेन त्यसपछि फुटपाथमा मकै पोलिरहेकी महिलासामु पुग्छन् । उनी प्रश्न गर्छन् यो बाटो कसरी बनेको हजुरलाई थाहा छ ? मान्छेहरुको घर भत्काएर, उहाँहरुलाई रुवा-एर बनाएको बाटो हो ।

हजुरले यसरी हाल्दिन मिल्छ ? थोरै भाडा तिरेर पसलमा राखिदिनुस् न । महिलाले यस्तो काम गर्न सटर भाडामा नपाइने बताउँछिन् ।!बालेन जवाफ दिन्छन्, भाडामा गर्न मिल्छ । पसल भाडामा लिएर राखिस्यो । थोरै भाडा तिर्नुपर्छ । हजुरको व्यापार पनि चल्छ । त्यसपछि उनी महिलालाई सोध्छन्, ‘मासिक कति कमाउनुहुन्छ ? महिलाले जवाफ दिन्छिन्, भाडा तिर्ने र खाने मात्रै हो ।

बालेन सम्झाउँदै भन्छन्, थोरै भाडा तिरेर पसलमा राख्नुस् न । यो बाटोमा एम्बुलेन्स हिँड्छ, गाडी हिँड्छ । यसो नगर्दिनुस् । यति बाटो बनाउन सरकारले एक करोड खर्च गरेको हुन्छ । हामी तपाईंहरुलाई उठाउन आएको होइन, अनुरोध गर्न आएको । (हात जोड्दै) प्लीज..प्लीज‘प्लीज‘ यस्तो नगरिदिनुस् ।

वरिपरीका व्यापारीले फुटपाथ व्यापारलाई महानगरले व्यवस्थित गर्नुपर्ने कुरा गर्न थाल्छन् । त्यसपछि बालेन केही आक्रोशमा आउँछन् । अरुतिर हेर्दै भन्छन्, बजार खाली छन् । तपाईंहरु भाडामा नलिने अनि, कसरी व्यवस्थित गरिदिनुपर्छ ? त्यसपछि महिलातिर फर्केर भन्छन्, ‘आमा प्लीज.. आमा प्लीज‘ । सटर भाडामा पाइन्छ । जति पनि पाइन्छ । यो बाटो गाडी हिँड्नलाई होनि त आमा है ।

२०७९ श्रावण ५, बिहीबार प्रकाशित 1 Minute 409 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।