२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

भिम रावलले हल्लाए सांसद भवन, चुलियो देशभर प्रशंसा !

साउन ६, काठमाडौ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद भिम रावलले एक जना सांसदले पनी चाह्यो भने कसरी संसदमा आफ्ना कुरा राख्न सक्छ भन्ने नमुना देखाइदिएका छन् ।

एक्ला भिम रावलले आज जे गरे अहिले यो बिषयले देशैभरी उनको प्रशंसा चुलिएको छ । भिम रावल एक्ला सांसदको कारण सभामुख अग्नी प्रसाद सापकोटाले संसदको बैठकनै स्थगित गरिदिएका छन् ।

सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले एसपीपी चाँहिदैन भनेर अमेरिका सरकारलाई पत्र नलेखे पछि रावलले एक्लै संसदको रोस्टम कब्जा गरिदिएका छन् ।

संसदमा विरलै देखिने त्यस्तो दृश्य आजको प्रतिनिधीसभाको बैठकमा देखिएको थियो । एसपीपी चाहिँदैन भनेर सरकारले अमेरिकालाई लेखेको पत्र बारे संसदमा सरकारले जानकारी दिनु पर्ने र सभामुख सापकोटाले त्यसका लागी सरकारलाई रुलिङ गर्नु पर्ने माग रावलले गरेका थिए ।

प्रतिनिधि सभामा ‘ग्लोबल ग्रीन ग्रोथ इस्टिच्यूटको सहभागितामुलक सदस्यको रूपमा सदस्यता प्राप्त गर्न स्वीकृत प्रदान गर्ने सम्बन्धी’ छलफलका क्रममा बोल्न रोष्टम पुगेका रावलले एसपिपीको विषय उठान गरेका थिए।

बोल्नका लागि सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूलाई तीन मिनेटको दरले समय दिएका थिए। सुरूमा नेकपा माओवादीका सांसद शक्तिबहादुर बस्नेत बोलेका थिए। त्यसपछि सांसद पूर्णकुमारी सुवेदी बोलेकी थिइन्।

सुवेदीपछि बोल्ने पालो एमाले सांसद भीम रावलको थियो। रावललाई रोष्टम बोलाएर सभामुख सापकोटा बाहिर निस्केका थिए। यसपछि सभामुख आसनमा नेकपा माओवादी केन्द्रकी सांसद सत्या पहाडी बसेकी थिइन्।

एमाले सांसद रावलले छलफलमा प्रस्तुत प्रस्तावबारे नेपाल सरकारले ध्यान दिनुपर्ने बताउँदै कुरा सुरू गरेका थिए।कुनै पनि ठूला देशहरू, जसले प्रशस्त मात्रामा हरितगृह ग्यास उत्सर्जन गर्छन् उनीहरू कोही पनि सदस्य भएको देखिँदैन, रावलले भने, नेपाल सन्धी सम्झौता पीडित देशका रूपमा रहेको छ। आजसम्म सन्धी सम्झौता सच्याउन सकेको छैन।

उनले यसपछि उनले विषयान्तर गरे। केही अगाडि एसपिपीबारे धेरै छलफल भए पनि सरकारले अहिलेसम्म पत्र नपठाएको उनले बताए। गृहमन्त्रीजी, परराष्ट्रमन्त्रीजीले एसपिपीमा नेपाल सहभागी हुँदैन भन्नुभयो। मन्त्रिपरिषदले यसबारे निर्णय पनि ग-र्यो, उनले भने, नेपालले यसलाई अगाडि बढाउँदैन भनेर निर्णय ग-र्यो तर पत्र पठाउँदैन।

उनले संसदले सरकारलाई मद्दत गर्नुपर्ने अवस्था आएको बताए। यस मामिलामा म पनि मन्त्रिपरिषदको निर्णयलाई समर्थन गरेर सहयोग गर्नुपर्छ भन्ने ठान्छु, उनले भने, तर सरकारलाई अप्ठ्यारो प-र्यजस्तो छ। यो संसदले सरकारको अप्ठ्यारोलाई सजिलोमा परिणत गरिदिनुप-र्यो।

एसपिपीबारे नेपाल संलग्न हुँदैन भने पनि के कारणले पत्र पठाउन रोकिएको हो त्यो जानकारी गराउन संसदले रूलिङ गर्नुपर्ने रावलले बताए।

नेपालीका मागलाई लिएर रूलिङ माग गर्न चाहन्छु यति भनेर उनी रोष्टममा उभिइरहे। रावल बेलाबेला बोल्दै रोकिँदै रोष्टममै उभिएका थिए भने सभामुख आसनमा बसेकी सत्या पहाडीले यसबारे मन्त्रीले जवाफ दिने बताइरहेकी थिइन्।

यसबीचमा केही सांसदहरूले विषायन्तर भएको भन्दै नियमापत्ति पनि जनाएका थिए।लामो समयसम्म रावलले रोष्टम नछाडेका बेला सभामुख सापकोटा सभामुख आसनमा आइपुगे।सभामुख सापकोटाले अर्को विषयमा छलफल चलिरहेको र विषय

ध्यानाकर्षण भएकोले आसन ग्रहण गर्न रावललाई आग्रह गरेका थिए। रावल रोष्टममा उभिइरहेपछि सभामुख सापकोटाले भने, विषयान्तर भएको हुनाले निर्देशन गर्न मिल्दैन। त्यसकारण तपाईं आफ्नो आसनमा गएर बस्नुहोला। यो बैठक १५ मिनेटका लागि स्थगित हुन्छ।

२०७९ श्रावण ६, शुक्रबार प्रकाशित 1 Minute 314 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।