
साउन ५, काठमाडौ : वैदेशिक रोजगारीका लागि खाडीमा भएका नेपालीको श-व निजी खर्चमा ल्याएर परिवारलाई जिम्मा लगाउने घोषणा गरेका दुर्गा प्रसाईँको पहलमा मंगलबार एक युवतीको श-व नेपाल ल्याइएको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १२ की २५ वर्षीया सुकमाया रानाको शव मंगलबार दुबईबाट नेपाल ल्याइएको हो बिएण्डसी र पूर्वाञ्चल क्या’न्सर अस्पताल बिर्तामोडका कार्यकारी निर्देशक एवं नेकपा एमालेका केन्द्रीय सदस्य प्रसाईँको खर्चमा उक्त श-व
नेपाल ल्याएर आफन्तलाई बुझाइएको छ । रानाका आफन्त चेतन गुरुङले श-व बुझ्दै आफूहरूले खर्च र कानुनी कारणले दुई महिनादेखि नेपाल ल्याउन नसकेको बताए । १० दिनअघि एउटा पत्रिकामा दुर्गा प्रसाईँले दुबईमा मृ-त्यु भएका मान्छेका
शव नेपाल ल्याइदिने भन्ने समाचार देखेर हामीले फोन ग¥यौँगुरुङले पत्रकारहरूसँग भने उहाँले म ल्याइदिन्छु भनेपछि भेटघाट गरेँ । सबै खर्च व्यहोरेर उहाँले श-व ल्याइदिनुभयो । सरकारले गर्ने काम एक जना व्यक्तिले गर्नुभयो ।
यसका लागि उहाँलाई धन्यवाद भन्छु । प्रसाईँले अर्को हप्ता चार वटा श-व ल्याएर आफन्तलाई बुझाउने बताए । सरकारले स्वदेशमै रोजगारी सृजना गरेर युवाहरूको वैदेशिक गमन रोक्न त सकेन नै पराई देशमा गए अकालमा ज्या-न गुमा-एका
युवाको श-व परिवारलाई दिन पनि सकेन प्रसाईँले भने मानवीय हिसाबले मैले ती परिवारको पी’डामा मल्हम लगाउन खोजेको हुँ । दुई साताअघि दुबईका राजकुमारको निम-न्त्रणामा त्यहाँ
गएका प्रसाईँले आफन्तले लैजान नसकेका नेपालीका शव आफूले लगिदिने प्रति’बद्धता जनाएका थिए । उनले हालसम्म परिवारले सम्पर्क गरेका आधारमा १६ जना नेपालीको शव नेपाल ल्याएर आफन्तलाई बुझाउने जनाएका छन् ।