२०७९ आश्विन १९ बुधबार
  • काठमाडौँ

इजरायल रोजगार – १ सय कामदार साउन ८ र ९ गते इजरायल उड्दै !

साउन ६, काठमाडौं : केयर गिभर (स्याहार केन्द्र) का लागि नेपाली कामदार इजरायल लैजाने प्रक्रिया सुरु भएको छ ।
इजरायल श्रमिक पठाउन गत फागुनदेखि रोकिएको प्रक्रिया

अब साउन ८ र ९ गतेदेखि सुरु हुन लागेको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार साउन ८ र ९ गते नेपालबाट १ सय जना नेपाली कामदार इजरायल जाँदैछन् ।

१ सय जना कामदारको भिसासहित राहदानी काठमाडौंस्थित इजरायल दूतावासको कन्सुलर विभागबाट प्राप्त भइसकेको विभागले जनाएको छ ।

इजरालय जानका लागि कामदारलाई आफ्नो राहदानी बुझ्न, उडान समूहमा नाम समावेश गराउन, कोरोनाविरुद्धको खोप कार्ड बुझाउन साउन ४ गतेका लागि समय निर्धारण गरेको छ ।

हवाई भाडा ५९ हजार ९९० रुपैयाँ तोकिएको छ ।
इजरायल जाने कामदारले उडानअघि ७२ घण्टाभित्र पीसीआर परीक्षण गराएको हुनुपर्नेछ । परीक्षणमा नेगेटिभ आएकाहरु मात्र इजरायल उड्नेछन् ।

२०७९ श्रावण ५, बिहीबार प्रकाशित 0 Minutes 134 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार