
साउन ५, काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा)का नेता राजेन्द्र लिङदेनले आउँदो संसदीय निर्वाचनमा देशलाई माया गर्ने सबैले राप्रपालाई साथ दिन र अहिलेकै लु-टतन्त्र र बेथितिको
पक्षमा रहेकाहरुले अहिलेको संस्थापन पक्ष (नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी)लाई भोट हाल्न आग्रह गरेका छन् ।
प्राइम टिभीमा ऋषी धमलाको कार्यक्रममा सोमबार उनले
कांग्रेस, कम्युनिष्टका नेतामाथि ढुंगामुढा हुने, तिनका घर जलाइने, जहाज चढेर भाग्नुपर्ने अवस्था आउनुअघि नै मतमार्फत उनीहरुलाई शान्तिपूर्ण विस्थापनको बाटो खोल्दिन पनि जनतालाई आव्हान गरे ।
लिङदेनले पछिल्लो समय निकै लोकप्रिय बन्दै गएका नेता लिङदेनले विगत ३० बर्षदेखि सत्ताम रहेको पुस्ता अझै रहे देश झन संकटमा जाने भन्दै जनमत राप्रपाले अघि सारेका
एजेण्डाको पक्षमा हुँदाहुँदै पनि उनीहरुलाई बुझाउन नसक्दा संस्थापन पक्षका पार्टी र नेताहरुलाई भोट हाल्न बाध्य रहेको बताए । उनले भने, ‘जबसम्म हामीले यो ३०–३२ बर्षदेखि नेपालको राजनीतिमा नेतृत्व गर्दै आएको पुस्ताको परिवर्तन
गर्न सक्दैनौ, यी राजनीति दलहरु जसले लोकतन्त्रको नाममा, गणतन्त्तको नाममा, प्रजातन्त्रको नाममा, के के तन्त्रको नाममा लुटतन्त्र मच्चाइरहेको छ, उनीहरुलाई आउने चुनावमा जबसम्म विस्थापित गर्न सक्दैनौं, तबसम्म हाम्रा सबै कल्पनाहरु अधुरा रहन्छन् ।
अर्थात सुशासनका, विकासका, संवृद्धिका सपनाहरु अधुरा रहन्छन् । जनताले दुःख पाउने क्रम अहिलेभन्दा झन बढेर जान्छ । आगामी निर्वाचनमा जनताले राप्रपालाई बहुमत दिलाउने र आफू प्रधानमन्त्री हुने पनि लिङदेनको विश्वास छ ।
उनले आफूहरुले बोक्दै आएको राजासहितको प्रजातन्त्र, हिन्दुराष्ट्र, संघीयताको खारेजी, सुशासन, भ्रष्टाचारको अन्त्य, विकास जस्ता मुद्दा देशको आवश्यकता भएको बताउँदै नेपाली जनता यही यसैको पक्षमा रहेको बताए । लिङदेनले देशमा विदेशी हस्तक्षेप बढेको र यस्तो बढाउन ठूला भनिएका दल र नेता सक्रिय रहेको बताए । कर्पोरेट नेपाल