२०७९ आश्विन १९ बुधबार
  • काठमाडौँ

मेयर बालेन साह वडाको निरन्तर रूपमा निरीक्षणमा गर्दै !

काठमाडौंका मेयर बालेन वडाको निरीक्षणमा निस्किए !

साउन २, काठमाडौ : मेयर बालेन साह वडास्तरीय निरीक्षणमा निस्कीएका छन् । यस क्रममा सोमबार मेयर बालेन वडा १ का विभिन्न स्थानमा पुगे।

भ्रमण अवलोकनका क्रममा वडाध्यक्ष भरतलाल तण्डुकार, वडा सदस्यहरुसहित स्थानीयहरु सहभागी थिए। कमलपोखरीबाट सुरु भएको निरीक्षण भगवान बहाल, वडा कार्यालयसँगैको ढुङ्गेधारा,

वडा कार्यालयसँगै रहेको नन्दीकेशरबहाल, नन्दी माध्यमिक विद्यालय, नारायण चौर, नागपोखरी, हात्तीसार पुगेर सकिएको थियो।

त्यस क्रममा पोखरी तथा ढुङ्गेधाराको अवस्था र सुधार, वहालमा रहेको करूणामयको प्रतिस्थापित मूर्ति, विद्यालयमा शौचालय, बगैँचाको दिगो व्यवस्थापनलगायत विषयमा कुराकानी भएको थियो। अवलोकनका क्रममा प्रमुख साहले, वडाबाट हुने काममा महानगरबाट पर्याप्त सहयोग हुने बताए।

२०७९ श्रावण ५, बिहीबार प्रकाशित 0 Minutes 207 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार