२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

मेयर बालेनले दिए नेपाल समाचारपत्र र हिमालय टिभीलाई कारबाही गर्न काउन्सिलमा उ’जुरी !

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख मेयर बालेन साहले तथ्यहीन, भ्रामक र कपोलकल्पित समाचार सम्प्रेषण गरेको भन्दै नेपाल समाचारपत्र र हिमालय

टेलिभिजनवि’रुद्ध प्रेस काउन्सिल नेपालमा उजु’री दर्ता गरेका छन् । २०७९/८० को बजेट कुनै आमुक संस्थालाई उपलब्ध गराउन लागेको भन्ने समाचार सम्प्रेषण गराउने नेपाल समाचारपत्र र हिमालय टेलिभिजनमाथि पत्रकार आचा’रसंहिता २०७३

(संशोधित २०७६ सहित) को दफा ७ बमोजिम कारबाही गर्न साउन १ गते काउन्सिल पुगेर मेयर बालेनले उजु’री दर्ता गरेका हुन् । उजु’रीमा भनिएको छ, नेपाल समाचारपत्र र हिमालय टेलिभिजन काठमाडौं महानगरपालिकाले अमुक संस्थालाई

अनुदान दिने उद्धेश्यले बजेट विनियोजन गरेको भन्ने भ्रामक र तथ्यहीन समाचार प्रकाशन र प्रशारण गरी पत्रकार आ’चारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६ सहित) को दफा ४ बमोजिम कर्तव्य पालना नगरेको देखिएकोले सोही

आचार संहिताको दफा ७ बमोजिम नेपाल समाचारपत्र र हिमालय टेलिभिजनलाई क्षति’पूर्तिसहितको का’रबाही माग गर्दछु । यसैगरी मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत पनि मेयर बालेनले भ्रामक समाचार सम्प्रेषण गर्ने सञ्चार संस्थालाई कारबाही गर्न उ’जुरी दर्ता गरिएको जानकारी दिएका छन् ।

उनले लेखेका छन्, सत्य कुरा हो, कुनै पनि पत्रकार र मिडिया सार्वजनिक पद वा सत्ताको प्रतिपक्षी हुनु पर्छ, अख्ति-यारको दुरुप’योग भएको छ कि वा ति संस्थाहरुले गलत काम गरेका छन् कि भन्ने भन्नेमा सजग रहेर जनमानसमा सूचना दिनु पर्छ ।

लोकतन्त्रको चौथो आधारस्तम्भका रुपमा पत्रकारितालाई हामी सँधै सम्मान गर्छौँ । सँगसँगै यो पनि भन्न चाहन्छौँ कि पुर्वाग्रहपुर्ण प्रतिपक्ष र भ्रामक सूचनाले पत्रकारिताको गरिमा र महत्वलाई स्थापित गर्न सक्दैन । लोकतन्त्र र कानुनको पालना सबैले गर्नु पर्छ ।

यसैले केहि पहिले आएका भ्रामक समाचारहरुका लागि कानुन बमोजिम कार’बाहीको गर्न प्रेस काउन्सिलमा उ’जुरी दर्ता गराएका छौँ । आशा छ, आगामी दिनहरुमा पत्रकारिताले सहि र सत्य सूचना, समाचार मात्रै सम्प्रेषण गर्नेछ । नागरिकको सूचनाको हकलाई प्रदुषित गर्ने कार्यका वि’रुद्ध पत्रकारिताक्षेत्र नै जागरुक र सचेत हुनेछ ।

२०७९ श्रावण ५, बिहीबार प्रकाशित 1 Minute 221 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।