२०७९ श्रावण २४ मंगलवार
  • काठमाडौँ

बुटबलका मेयरको महानता, आफूमाथि आ‘क्र‘म‘ण गर्ने युवकलाई मुद्दा नचलाउन अनुरोध !

काठमाडौं : उपमहानगरपालिकाका प्रमुख तथा नेकपा एमाले रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीले आफूलाई आ‘क्र‘म‘ण गर्न खोज्ने युवालाई कुनै मुद्दा नचलाउन अनुरोध गरेका छन् ।

सोमबार बुटवल–३ ज्योतिनगर पहिरो प्र’भावित क्षेत्र अवलोकनमा गएका सुवेदीमाथि स्थानीय गणेश पंगेनीले एक्कासी मु‘क्का हा‘नेका थिए ।चौतर्फी द‘बाबपछि पक्राउ परेका पंगेनीलाई तत्काल छाड्नका लागि प्रमुख सुवेदीले जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बुटवललाई आग्रह गरिएको जानकारी गराए ।

उनले आफ्नो कसैप्रति आ‘ग्रह–पूर्वाग्रह नभएको जनाउँदै विपद्मा परेका नागरिकमा आउने आ‘क्रोशलाई स्वाभाविक मानेको बताए । उनले उपमहानगरले बाढी, पहिरो तथा वि‘पद्मा परेका नागरिकहरुको उ’द्धार, राहत तथा पुनःस्थापनाका लागि सक्दो पहल जारी राख्ने पनि बताएका छन् ।यता जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भने आवश्यक अनुसन्धान अघि बढ्ने जनाएको छ ।

यस अघि एमालेले बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मु‘क्का प्र‘हार गर्ने अनेरास्ववियु रुपन्देहीका सदस्य गणेश पंगेनीवि’रूद्ध मुद्दा नचलाउने बतेको थियो । नेकपा एमाले बुटवलले मंगलबार पत्रकार सम्मेलन गर्दै घ’टना दुःखद र गलत भएको बताउँदै मु‘द्दा चलाउने पक्षमा एमाले नरहेको बताएको हो ।

एमाले बुटवल उपमहानगरका अध्यक्ष बाबुराम पन्थीले बुटवलको पहिरो प्रभावित ज्योतिनगरमा नगरप्रमुखमाथि भएको आ‘क्र‘म‘णको निन्दा गरेका छन् ।‘घ’टना जसरी भयो, त्यो गलत छ । तर, यस घ’टनालाई मुद्दाका रूपमा अघि बढाउने पक्षमा हामी छैनौं’, उनले भने ।

उनले घ’टना नि‘योजित रूपमा भएको आशंका व्यक्त गरे । एमालेका जिल्ला अध्यक्षसमेत रहेका सुवेदीलाई आफ्नै कार्यकर्ताले मु‘क्का हानेपछि पार्टीभित्र पनि बहस सृजना गरेको छ । नगर प्रमुख सुवेदीमाथिको आ’क्रमणलाई भने बुटवल उपमहानगरले नियोजित भएको भन्दै घ’टनामा संलग्नलाई कारबाहीको माग गरेको थियो ।

पहिरो निरीक्षणका लागि बुटवल–३ ज्योतिनगरमा गएका नगरप्रमुख सुवेदीलाई सोमबार पंगेनीले मु‘क्का प्र‘हार गरेका थिए । पंगेनीलाई सोमबार साँझ ७ बजे नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।ज्योतिनगरका स्थानीयसमेत रहेका पंगेनी प’हिरो प्रभावित हुन् । ज्योतिनगर र लक्ष्मीनगरमा प’हिरोले दुई दर्जन घरमा क्षति पुगेको छ ।

२०७८ आश्विन ५, मंगलवार प्रकाशित 1 Minute 85 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार